सरकारले पेट्रोलको मूल्यमा ५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्यमा ३ रुपैयाँ ५० पैसा घटाएको छ। व्यवस्थापिका संसदको बैठकमा बिहीबार दिउँसो अर्थमन्त्रालयको समेत कार्यभार सम्हालेका वनमन्त्री महेश आचार्यले यो जानकारी गराएका हुन्। अब पेट्रोलको मूल्य १३४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ ५० पैसा कायम भएको छ।