४ महानगरमध्ये ३ मा एमालेको अग्रता, कसको कति अग्रता (अपडेट)

चुनाव
  • Get News Alerts

tata

‍मुलुकका चारवटै महानगरपालिको मतगणना जारी छ। ४ मध्ये १ मा कांग्रेस र  ३ वटामा एमालेले अग्रता लिइरहेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार काठमाडौं, भरतपुर र पोखरा-लेखनाथ महानगरपालिकामा एमालेको अग्रता छ भने ललितपुरमा कंग्रेसले उछिनेको छ।

पछिल्लो मत परिणाम अनुसार  काठमाडौं महानगरपालिकामा  प्रमुख     एमाले विद्यासुन्दर शाक्य १६५५०कांग्रेसका राजुराज जोशी ११३५९ बिबेकशीलकी  रञ्जु दर्शना ६६१६ साझाका  किशोर थापा ४९४३ माओवादी केन्द्रका सर्वोत्तम डंगोल १ हजार ८ सय ६४ मत ल्याएर प्रतिश्पर्धामा रहेका छन्।

यस्तै उप प्रमुखमा  नेपाली कांग्रेसकी हरिप्रभा खड्की श्रेष्ठले १० हजार ९ सय ६१, राप्रपाका राजाराम श्रेष्ठले ६ हजार ७ सय १६ र साझा पार्टी  निरुपमा यादवले २ हजार ४ सय ८ मत ल्याएका छन्।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेद्वार चिरीबाबु महर्जनले आफ्नो अग्रता फराकिलो पारेका छन्। उनले अहिलेसम्म सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार १६ हजार ३ सय ८३ मत पाएका छन्। यस्तै एमालेका उम्मेद्वार हरिकृष्ण व्यन्जनकारले १४ हजार ५ सय ४० मत ल्याएका छन्।

यस्तै ललितपुर उपमेयरमा कांग्रेसकी गीता सत्याललले ९२४१ मत पाएकी छन्। उनलाई साझा पार्टीकी शोभा शाक्यले ६ हजार ४ सय मतसहित पछ्याइरहेकी छन्। साझा पार्टीका रमेश महर्जनले ६२६९ मत पाएका छन्।

चितवनको  भरतपुर महानगरपालिका  प्रमुख  एमालेका देवी ज्ञवालीले १५ हजार १ सय ५५ मत ल्याएर माओवादी केन्द्रकी रेणु दाहाललाई उछिनेका छन्। दाहालले १४ हजार ८ सय ९ मत पाएकी छन्।

उपमेयरमा  नेपाली कांग्रेसकी पार्वती शाहले १७ हजार ५१ मत पाएकी छन् भने एमालेकी दिव्या आचार्यले १३  हजार १ सय ३४ मत पाएकी छन्।

कास्कीको पोखरा-लेखनाथ  महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसी  १९ हजार ९ सय ५१लाई कांग्रेस  रामजी कुँवर  १८ हजार २ सय ५० मतल्याएर पछ्याइरहेका छन्।

उपप्रमुख  एमालेकै मञ्जु देवी गुरूङले १८ हजार ८ सय १८ मत ल्याएर  कांग्रेसकी सरस्वती गुरूङलाई उछिनेकी छन्। सरस्वतीले १७ हजार २ सय ५२ मत ल्याएकी छन्।

अहिले चारै महानगरमा मतगणना जारी छ। चितवनमा केही समय रोकिए पनि अहिले बसेको सर्वदलीय बैठकले मतगणना सुचारू गर्ने सहमति गरेको छ।  

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।