कैलाली र कञ्चनपुरमा ४४निर्वाचन चिह्न भएको मतपत्र

चुनाव
  • Get News Alerts

tata

यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७ नं प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ चुनाव चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लाका हकमा उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारका लागि १९ चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारका बाँकी २५ चिह्नको व्यवस्था गरिएको बताए।

सात नं प्रदेशकै बाजुरा र डोटी जिल्लाका लागि तयार पारिएको मतपत्र सबैभन्दा सानो आकारको छ जसमा १८ चुनाव चिह्न रहेको जनाइएको छ। कार्यालयका प्रमुख आर्यालले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न समयको अभाव भएको, चुनावमा सहभागी दलले केवल मत मात्रै माग्ने तर मतदान गर्ने तरिका नसिकाउने र मतपत्रको आकार पनि ठूलो भएको जस्ता कारणले पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मत बदर भएको हुनसक्ने बताए।

मतदाता शिक्षाका लागि शुक्रबारदेखि कैलालीमा पुनः चार सय ९० स्वयम्सेवी परिचालन गरिएको छ । सात नं प्रदेशमा तराईका कैलाली र कञ्चनपुर तथा पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला पर्छन् ।

एक उपमहानगरपालिका (धनगढी), ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेको ७ नं प्रदेशमा मतदाता सङ्ख्या १३ लाख तीन हजार चार सय १४ छ । कैलाली जिल्लामा सबैभन्दा बढी १३ स्थानीय तह छन् । यस्तै बझाङमा १२, अछाम र बैतडीमा १०/१०, डोटी, बाजुरा, कञ्चनपुर र दार्चुलामा ९÷९ र डडेल्धुरामा सात स्थानीय तह छन् । रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।