ललितपुरमा कांग्रेस, काठमाडौं र पोखरामा एमाले, चितवन रोकियो

चुनाव
  • Get News Alerts

के छ महानगरको पछिल्लो अवस्था
tata

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म १२ हजार ९ सय २७ मत पाएका छन् भने उनलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५५८ मतसहित पछ्याइरहेका छन्।

एकदमै ढिलो गरी आइरहेको मत परिणाम अब केही बेरमा सार्वजनिक हुने निर्वाचन अधिकृतले जानकार दिए। केही बेर विवाद भएपछि पुन सुरू भएको मतगणना अहिले वडा नम्बर १३, १४ र १५ को गणना भइरहेको छ।

त्यस्तै काठमाडौं महानगरपालिकामा राति १२:४० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १३ हजार ५ सय ५३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले ९ हजार ४ सय ४९  मतले पछ्याइरहेका छन्।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ५ हजार ५ सय ७ मत र साझा पार्टीका किशोर थापाले ४ हजार २०८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिइरहेकी छन्।

काठमाडांमा हालसम्म करिब ४० हजार मत गनिइसकेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

यस्तै पोखरा महानगरपालिमा नेकपा एमालेले अग्रता कायमै राखेको छ। भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वा मानबहादुर जिसीले १५ हजार १ सय २९ मतसहित अग्रता लिइरहेका छन्। यस्तै नेपाली कांग्रेसका रामजी कुँवरले १४ हजार ४ सय ५५ मतसहित उनलाई पछ्याइरहेका छन्।

यस्तै राप्रपाकी गीता गुरूङले ७५१ मत पाउँदा नयाँ शक्ति/फोरमका संयुक्त उम्मेद्वार हुम गुरूङले १२८३ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि एमालेको अग्रता कायमै छ। एमालेकी उम्मेद्वार मञ्जु  गुरूङले १४ हजार १ सय ४३ मत सहित शीर्ष स्थानमा छन् भने उनलाई नेपाली कांग्रेसकी उम्मेद्वार सरस्वती गुरूङले पछ्याइरहेकी छन्।

माओवादी केन्द्रकी गोमा ढकालले २१९७ मत पाउँदा  राप्रपाका रमेश खत्रीले ८२३ मत पाएका छन्। नयाँ शक्तिका लक्ष्मी खातीले ३८३ मत पाएकी छन्।

उता भरतपुरमा भने निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन्। मत गणना सूचारू गर्ने विषयमा दलहरूबीच सहमति नभएपछि अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

मतगणना बहिस्कार गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै राजीनामासमेत मागेका छन्।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए।  उनले मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखिएको दाबी गरे।

वडा नम्बर चार, सात र नौ नम्बरको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले आरोप लगाएका थिए।

सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।

वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिए श्रेष्ठले बताए।

त्यस्तै वडा नम्बर नौको मत परिणाम पनि त्यसैगरी फरक भएको भन्दै कांग्रेस–माओवादी नेताहरू मत परिणाम नस्वीकार्ने भि गणनास्थल छोडेका हुन्।

आयोगले सार्वजनिक गरेको पछिल्लो गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीको १५ हजार १ सय ५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८ सय ९ मत छ। उनीहरूले ९ नम्बर वडाको गणनापछि  रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको भन्दै आक्रोश पोखेका छन्।

यसैबीच कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले यो वडाको मत गणना फेरि गन्नुपर्ने माग गर्दै आएका छन्। फेरि गणना नगरेसम्म आफूहरूले यो परिणाम न स्वीकार्ने नेताहरूले दाबी गरे।

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।