निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार

चुनाव
  • Get News Alerts

tata

निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै भरतपुर महानगरपालिकामा कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन्। मत गणना सूचारू गर्ने विषयमा दलहरूबीच सहमति नभएपछि अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

मतगणना बहिस्कार गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै राजीनामासमेत मागेका छन्।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए।  उनले मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखिएको दाबी गरे।

वडा नम्बर चार, सात र नौ नम्बरको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले आरोप लगाएका थिए।

सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।

वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिए श्रेष्ठले बताए।

त्यस्तै वडा नम्बर नौको मत परिणाम पनि त्यसैगरी फरक भएको भन्दै कांग्रेस–माओवादी नेताहरू मत परिणाम नस्वीकार्ने भि गणनास्थल छोडेका हुन्।

आयोगले सार्वजनिक गरेको पछिल्लो गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीको १५ हजार १ सय ५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८ सय ९ मत छ। उनीहरूले ९ नम्बर वडाको गणनापछि  रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको भन्दै आक्रोश पोखेका छन्।

यसैबीच कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले यो वडाको मत गणना फेरि गन्नुपर्ने माग गर्दै आएका छन्। फेरि गणना नगरेसम्म आफूहरूले यो परिणाम न स्वीकार्ने नेताहरूले दाबी गरे।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।