भक्तपुरमा सुनील प्रजापति भारी मतले विजयी

चुनाव
  • Get News Alerts

tata

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मतले विजयी भएका छन्। हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार प्रजापतिले २५ हजार ५ सय ६८ मत ल्याएका छन्।

यो स्थानीय तह निर्वाचनको अहिलेसम्मको सर्वाधिक बढी मत ल्याएका प्रजापतिले सोही मतान्तर विपक्षी उम्मेद्वारलाई हराएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले ६ हजार ५ सय ३२ मत ल्याएका थिए।

यस्तै एमालेका विष्णु सुवालले ४२१० मत पाएका छन् भने माओवादीका सत्यलाल मुलले २४८७ मत ल्यएका थिए।

भक्तपुर नगरपालिकाका सवै  १० वडामा नेमकिपाले पूरै प्यानलसहित जित हाशिल गरेको हो। मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबै नेमकिपाले नै जितेको हो।

मेयर एक जना, उपमेयर १ जना र १० जना वडा अध्यक्ष, प्रत्येक वडामा चार चार जना वडा सदस्यसहित ५० जना गरेर कुल ५२ जना सवै नै नेमकिपाले नै जितेको हो।

प्रत्येक वडामा दुई दुई जना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यसहित सवै नेमकिपाले नै जितेको हो। नगरपालिकाको कुनै पनि वडामा एक जना पनि सदस्यसम्म अन्य कुनै पार्टीबाट विजयी भई प्रवेश पाउन सकेनन्।

नेमकिपाका वडामा विजयीहरू

  • वडा नं १- श्यामकृष्ण खत्री
  • वडा नं २ - मा हरिप्रसाद बासुकला
  • वडा नं  ३ मा राजकृष्ण गोरा
  • वडा नं ४ मा कुमार चवाल
  • वडा नं ५ मा प्रेमगोपाल कर्माचार्य
  • वडा नं ६ मा हरिराम सुवाल
  • वडा नं ७ मा उकेश कवां
  • वडा नं ८ मा महेन्द्र खायमली
  • वडा नं ९ रविन्द्र ज्याख्व र
  • वडा नं - १० मा लक्ष्मीप्रसाद ह्यौमिखा

देशैभरि कांग्रेस, एमाले र माओवादी एकता केन्द्रले विजयको झण्डा फहराइरहेका बेला भक्तपुरमा नेमकिपाले एकलौटी विजयी हासिल गरेको हो।

५२ हजार ९ सय ३० मतदाता रहेको भक्तपुरमा त्यसमध्ये ४४ हजार एक सय ८६ (८३ दशमलब ४८) प्रतिशत मत खसेको थियो। खसेको ४४ हजार एक सय ८६ मतमध्ये मेयर प्रजापतिले २५ हजार पाँच सय ६८ र उपमेयर जोशीले २५ हजार ६ सय ६० मत पाएका थिए।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।