निर्वाचनमा सोचेभन्दा कम परिणाम आएको माओवादी निष्कर्ष

चुनाव
  • Get News Alerts

tata

सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सोचेभन्दा कम परिणाम आएको निष्कर्ष निकालेको छ। पार्टीकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनको प्रारम्भिक नतिजा सोचेभन्दा कम रहेको प्रतिक्रिया दिएकी हुन्। उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले अग्रस्थानमा देखिएपनि आफ्नो पार्टीको एजेन्डाको जित भएको दाबी समेत गरेकी हुन्।

स्थानीय तहको प्रारम्भिक नतिजाका सम्बन्धमा शुक्रबार प्रतिक्रिया दिँदै प्रवक्ता भुसालले विरोधीले लगाएको आरोप खण्डन गर्न नसक्दा पार्टीले सोचे अनुसार मत ल्याउन नसकेको तर्क समेत गरिन्। समयमै निर्वाचनको प्रचार अभियानमा जुटन नसक्नु पनि निर्वाचन परिणाम कम आउनुको कारण रहेको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रले केही दिन भित्रै काँग्रेसलाई सरकारको नेतृत्वको हस्तान्तरण गर्ने पनि स्पष्ट पारिन्। प्रवक्ता भुसालले अब बस्ने संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने र कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु हुने पनि जानकारी दिइन्। उनले सरकार गठनकै बेला कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएकाले सोही अनुसार अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि उल्लेख गरिन्।

नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा शुक्रबार दिउँसोसम्म ४५ स्थानमा जित हासिल गरेको छ । प्रवक्ता भुसालले दोस्रो चरणको निर्वाचनमा भने सानदार जित हासिल गर्ने दाबी गरिन्। माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनको समिक्षा गर्न शनिवार विहान पार्टी केन्द्रिय कार्यालयको बैठक समेत बोलाएको छ । बैठकमा बजेट र नयाँ सरकार गठनका विषयमा पनि छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।