सासु र जेठानीलाई हराइन् मानकुमारीले

चुनाव
  • Get News Alerts

tata

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा दलित सदस्य मानकुमारी नेपालीले आफ्नै सासु र जेठानीलाई हराएकी छिन्। एमालेबाट उम्मेद्वारी दिएकी उनी सोही पदमा रहेकी सासु सानुमैयाँ र जेठानी गीतालाई हराउँदै विजयी बनेकी हुन् ।

एकै घरबाट उम्मेद्वारी दिएका मानकुमारी एमाले, सानुमैयाँ कांग्रेसबाट, र गीता राप्रपाबाट चुनावी मैदानमा उत्रेका थिए । विजयी बनेकी घरकी कान्छी बुहारी मानकुमारीले सासु र जेठानीलाई उछिन्दै विजयको माला लगाइन् ।

निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरीकाअनुसार विजयी मानकुमारीले ६ सय ९७ मत ल्याइन् । चुनावी स्पर्धामा उनकी प्रतिद्धन्द्धी सासु सानुमैयाले ३ सय ६८ मतमै चित्त बुझाइन् । जेठानी गीताले राप्रपाबाट १ सय ४१ मत प्राप्त गरिन् । यो वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका शुकदेव रिसालको प्यानलै विजयी बनेको हो ।

यो गाउँपालिकामा अझै मतगणना भइरहेको निर्वाचन अधिकृत भरतलाल श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा छ । हालसम्म सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ६ मा नेकपा एमाले, २ म नेपाली कांग्रेस र २ मा माओवादी केन्द्रले विजय हासिल गरेका छन् । इन्द्रावती गाउँपालिकामा पनि मतगणना भइरहेको छ।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।