काठमाडौंमा विवेकशील र साझाको १ हजार मतको फरक, एमालेको अग्रता कायमै

चुनाव
  • Get News Alerts

tata

काठमाडौं महानगरपालिकामा दुई स्वतन्त्र उम्मेद्वारबीच तिब्र प्रतिश्पर्धा चलिरहेको छ। पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले साझा पार्टीका उम्मेद्वार किशोर थापालाई करिब १ हजार मतले पछि पारेकी छन्।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार शीर्ष स्थानमा रहेका एमालेका उम्मेद्वार विद्या सुन्दर शाक्यले ११ हजार ५ सय ५९ मत ल्याएका छन्। कांग्रेसका राजुराज जोशीले ७८६८ मतसहित एमालेलाई पछ्याइरहेका छन्।

यस्तै तेस्रो स्थानमा रहेकी रञ्जुले ४५२५ मत ल्याएकी छन्। साझा पार्टीका किशोरले ३५४६ मत ल्याएका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठले १० हजार २ सय ७६ मत पाएकी छन्। यस्तै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेद्वार राजाराम श्रेष्ठले ६२४६ मत पाएका छन्। साझा पार्टीकी निरुपमा यादवले २१९५ मत पाउँदा माओवादी केन्द्रकी सुशीला पौडेलले १७३० मत पाइन्।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।