चार महानगर र एक उपमहानगरमा कहाँ कसको अग्रता, कति मत गनियो?

चुनाव
  • Get News Alerts

tata

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबैभन्दा चासोको रूपमा हेरिएका चार महानगर र एक उपमहानगरपालिकामा मतगणना जारी छ। सबै स्थानीय निकायमा करिब ३० प्रतिशतको हाराहारीमा मतगणना सकिएको छ।

काठमाडौंको काठमाडौं महानगरपालिका, कास्कीको पोखरा-लेखनाथ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका,  र ललितपुरको ललितपुर महानगरपालिका सहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका सबै भन्दा बढी मतदाता भएका स्थानीय तहसमेत हुन्।

निर्वाचन आयोगका अनुसार यी सबै जिल्लामा ७२ प्रतिशत भन्दा बढी मत खसेको छ। जसअनुसार काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३ सय ५ मतदाता छन् भने पोखरा लेखनाथमा १ लाख ६८ हजार ६८, भरतपुरमा १ लाख ५० हजार २ सय ७४ र ललितपुर महानगरमा १ लाख १२ हजार ९ सय २३ मतदाता छन्। त्यस्तै हेटौंडा उपमहानगरपालिकामा ८३ हजार ६ सय ३५ मतदाता छन्।

निर्वाचन आयोगले काठमाडौं, ललितपुर र कास्कीमा ७५ प्रतिशत तथा चितवन र हेटौंडामा ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

शुक्रबार बिहानसम्मको मतगणना अनुसार ललितपुर महानगरपालिकामा करिब ५० प्रतिशत मतगणना भए पनि अन्यमा ३० प्रतिशत पनि मतगणना भएको छैन।

कहाँ कति गणना?

काठमाडौं

२ लाख ७९ हजार मतदाता रहेको काठमाडौं महानगरपालिकामा खसेको ७५ प्रतिशत मतलाई आधार मान्दा औसत  २ लाख १६ हजार मत खसेको निर्वाचन आयोगको तथ्याङकमा उल्लेख छ। यो समाचार तयार पार्दासम्म करिब ३१ हजार मात्र मत गणना भएको छ। यो खसेको मतको करिब १३ प्रतिशत मात्रै हो। अझै धेरै मत गन्न बाँकी छ। ११ ठाउँबाट मत गणना भए पनि मत परिणाम सार्वजनक हुने क्रम एकदम सुस्त छ।

काठमाडौं महानगरपालिका

दल

मेयर

उपमेयर

नेकपा एमाले 

१०५१९

 

नेपाली कांग्रेस

६८२९

८३१४

विवेकशील

४१२४

-

साझा पार्टी

३१९७

१३२६

माओवादी केन्द्र

११७४

९९४

राप्रपा

-

५०६३

नयाँ शक्ति/फोरम

 ८९

 

पोखरा-लेखनाथ

१ लाख ६८ हजार ६८ मतदाता रहेको पोखरा लेखनाथ महानगरपालिकामा ७५ प्रतिशतले मतदान गरेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार  यहाँ करिब १ लाख २६ हजार मत खसेको छ।

अहिलेसम्म पोखरा-लेखनाथ महानगरपालिकामा २८ हजार मतगणना भइसकेको छ। यो समग्र मतको २२ प्रतिशत मात्रै गणना हो।  अझै यहाँ पनि धेरै मत गन्न बाँकी नै छ।

पोखरा महानगरपालिका

दल

मेयर

उपमेयर

नेकपा एमाले

१३३४७

१२८०८

नेपाली कांग्रेस

१३५३४

१२१९७

नयाँ शक्ति/फोरम

८५५

३१२

माओवादी

-

३७७

राप्रपा

५८१

 ६७५

 

भरतपुर

१ लाख ५० हजार २ सय ७४ मतदाता रहेको भरतपुर महानगरपालिकामा ७० प्रतिशत मत खसेको छ। अर्थात १ लाख ५ हजार खसेको मत मध्ये अहिलेसम्म २६ हजार मत गणना गरिएको छ। यो जम्मा २४ प्रतिशत मात्र हो। अझै यहाँ पनि तीन चौथाई मतगणना बाँकी छ।

भरतपुर महानगरपालिका

दल

मेयर

उपमेयर

नेकपा एमाले

१२३०६

१०५३०

माओवादी केन्द्र

११७७७

-

नेपाली कांग्रेस

-

१३६८०

राप्रपा

९१३

१०६९

 

ललितपुर

सबैभन्दा छिटो मतगणना भएको महानगरमध्ये ललितपुर एक हो। १ लाख १२ हजार ९ सय २३ मतदाता रहेको ललितपुर महानगरपालिकामा ७५ प्रतिशत मत खसेको निर्वाचन आयोगको तथ्याङ्क छ। जस अनुसार ८५ हजार मतदाताले मत खसालेका छन्। यसको अहिलेसम्म झण्डै ४३ हजार मतगणना भइसकेको छ।

यो अनुसार झण्डै ५१ प्रतिशत मतगणना भइसकेको ललितपुरमा सबैभन्दा छिटो मत परिणाम आउने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका

दल

मेयर

उपमेयर

नेपाली कांग्रेस

१५०४१

 ७४५६

नेकपा एमाले

१३२१६ 

 

 साझा पार्टी

५२१५

५३१९

माओवादी केन्द्र

१८३६

२९६८

राप्रपा

0

३४०८

 

हेटौंडा

८३ हजार ६ सय ३५ मतदाता रहेको पहिलो चरणको निर्वाचन भएको एक मात्र उपमहानगरपालिका हैटौंडामा हो।

७० प्रतिशत मत खसेको हेटौंडामा ५८ हजार ५ सय ४४ मत खसेको हो। ‍यहाँ  अहिलेसम्म १६ हजार मत गणना भइसकेको छ। यो खसेको मतको जम्मा २७ प्रतिशत मात्रै हो।

हेटौंडा उपमहानगरपालिका

दल

मेयर

उपमेयर

नेपाली कांग्रेस

७०२५

-

नेकपा एमाले

६२८०

६४३६

राप्रपा

१७६१

१८९८

माओवादी केन्द्र

 -

५०९४


 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।