सूचना दिने आधिकारिक निकाय नै सबैभन्दा सुस्त

चुनाव
  • Get News Alerts

tata

शुक्रबार बिहान ११ बजेसम्म देशभरिका २३६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। तर निर्वाचन आयोगको आधिकारिक वेभसाइटले जम्मा ६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको देखाउँछ।

विभिन्न स्थानीय तहमा खटेका मुख्य निर्वाचन अधिकृतहरुले सबैभन्दा पहिले मतपरिणाम जिल्ला निर्वाचन कार्यालयमा पठाउँछन्। उनीहरुले आफ्नो उपल्लो निकायमा सूचना पठाएपछि मात्र अरुलाई जानकारी दिन्छन्। जिल्ला निर्वाचन कार्यालयले सो जानकारी निर्वाचन आयोगमा पठाउँछ। यसरी हेर्दा सबैभन्दा पहिले र आधिकारिक रुपमा मतपरिणाम निर्वाचन आयोगमा आइपुग्छ। तर त्यो परिणाम सार्वजनिक गर्न आयोगले बनाएको वेभसाइटमा झण्डै २७ प्रतिशत मात्र मत परिणाम राखिएको छ।

मत गणना नै सुस्त भइरहेको भन्दै निर्वाचन आयोगले आलोचना भइरहँदा प्राप्त मत परिणामलाई आधिकारिक रुपले सार्वजनिक गर्न पनि ढिलाइ देखिन्छ। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली मत परिणाम सार्वजनिक गर्न ढिलाइ भएको स्वीकार्छन्।

‘हामीसँग जनशक्तिको पनि समस्या छ, अर्कातिर निर्वाचन आयोगले पठाएको आधिकारिक नतिजा मात्र राख्ने भएकाले ढिला भएको हो’, मैनालीले सेतोपाटीसँग भने, ‘दोस्रो चरणमा यसलाई व्यवस्थित बनाउने तयारी गरिरहेका छौं।’

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।