चुनावमा जान मोर्चा लगभग सहमत, भोलि टुंगो लाग्ने

yamaha
  • Get News Alerts

united
tata

सरकारले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधानको नयाँ संशोधन विधेयक पुनः संशोधन गर्ने भएको छ।

मधेशी मोर्चा र संघीय गठबन्धनको मागलाई सम्बोधन गरेर निर्वाचनमा जाने गरी संविधानको नयाँ संशोधन प्रस्ताव परिमार्जन गर्न सरकार तयार भएको हो।

मधेशी मोर्चाका मागलाई सम्बोधन गरेर सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने निर्णय लिइएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

शुक्रबार साँझ बसेको संघीय गठबन्धनसहितको मधेशी मोर्चासँगको बैठकमा सत्तारुढ तीन दलले मधेशी मोर्चाले राखेको माग सम्बोधन गर्न सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव पुन संशोधन गर्ने प्रतिवद्धता जनाएको हो।

शुक्रबार बिहान बसेको बैठकमा मधेश केन्द्रित दलहरुले निर्वाचनमा जाने संकेत गरेपछि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको नयाँ प्रस्ताव पनि संशोधन गर्ने तयारी गरेको हो। भोलि बस्ने बैठकमा नयाँ संविधान संशोधन प्रस्तावमाथि संशोधन हुने र सबै राजनीतिक दलहरु निर्वाचनमा जाने निर्णय लिएको वरिष्ठ नेता पौडेलले स्पष्ट पारे।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचनमा जाने वातावरण बनाउने सरकारबाट प्रतिवद्धता आएको प्रतिक्रिया दिए।  उनले आफूहरु निर्वाचनको विरोधी नभएको पनि पटक पटक दोहोर्‍याए।

सरकारले भाषा, संविधानको धारा २ सय ७४ संशोधन गर्नूपर्ने लगायतका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि  मधेशी मोर्चा निर्वाचनमा जान सहमत देखिएको हो। बैठकमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरु पनि सहभागी थियो।

‘हामीले उठाउँदै आएका मागहरू सम्बोधन गर्न सरकार तयार भएको छ। यदि माग पुरा भएमा हामी निर्वाचनमा जान्छौ,’लक्ष्मणलाल कर्णले भने।

‘प्रधानमन्त्रीले कानुनी रूपमा भन्दा पनि राजनीतिक रूपमा समाधान गरेर निर्वाचनमा जाउँ, तपाईँहरूका मागको सम्बोधन म गर्छु भन्नुभएको छ,’ कर्णले भने,‘ अब चुनावमा जाने वातावरण बन्ला आशा गरौ।’

मोर्चाले धारा २८९मा राज्यका उच्च निकायमा बंशजको आधारमा नियुक्ति हुनुपर्छ भन्ने कुरालाई संशोधन गरेर वैबाहिक अंगिकृत र बंशज दुबै राख्नुपर्ने माग गरेको छ। यो सरकारले पेश गरेको संशोधन विधेयकमा छैन।

यस्तै मोर्चाले गाउँ पालिकाको  संख्या थप्न माग गरेको छ। यस्तै उसले प्रदेशको सीमांकनमा पनि समावेसी आयोग बनाएर गर्नुपर्ने बताएको छ।

 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • माओवादी केन्द्रद्वारा सहमति अनुमोदन्

    माओवादी केन्द्रद्वारा सहमति अनुमोदन्

    केन्द्र)ले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको निर्वाचन भय रहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्नसमेत आग्रह गरेको छ। 

  • प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

    प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

    नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख र उपप्रमुखमा श्रीमान श्रीमतीलाई सिफारिस गरेको छ।  यसैगरी एमाले ले छ वटा गाउँपालिकाको प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ।

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी