काँग्रेस नेता भट्टमाथि सुतिरहेका बेला कुटपिट

चुनाव
  • Get News Alerts

tata

बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ।

गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिरहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए।

कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पाङ्ग्रा फुटेर टुक्राटुक्रा हुनुका साथै, छाती र आँखामा चोट रहेको जिल्ला अस्पातल बैतडीले जनाएको छ । भट्टलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल बैतडीका डा प्रनाम जैरुले जानकारी दिए। 

भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुबैजनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। 

यसैबीच आफ्ना नेता ईश्वरदत्त भट्टमाथि आक्रमण भएपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका आकस्मिक बैठक बसिरहेको छ । बैठकले छानबीन टोली गठन गर्ने कोषाध्यक्ष पाण्डेयले जानकारी दिए। कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली काँंग्रेससँग आवद्ध रहेका भनिएको भए पनि आफ्नो पार्टी र कुनै भातृसङ्गठनसँग ती व्यक्ति आवद्ध नरहेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • समयमै दोस्रो चरणको निर्वाचन हुन्छ: देउवा

    समयमै दोस्रो चरणको निर्वाचन हुन्छ: देउवा

    नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकामा धन्यवाद दिएका छन्।

  • प्रधानमन्त्रीको राजीनामाले दोस्रो चरणको चुनाव अन्योलमा: एमाले

    बुधबार बसेको नेकपा एमाले स्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। बैठकपछि जारी विज्ञप्तिमा उनले लेखेका छन्,' हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ।'

  • आयोगले सरकारलाई भन्यो– स्थानीय तह थपे जेठ ३१ मा चुनाव गाह्रो

    आयोगले सरकारलाई भन्यो– स्थानीय तह थपे जेठ ३१ मा चुनाव गाह्रो

    निर्वाचन आयोगले मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी गराएको छ। बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले सरकारलाई उक्त जानकारी गराएको हो।

  • भरतपुर देवीको अग्रता १९ सयमा झर्‍यो, १४ नम्बर वडामा कांग्रेसको प्यानल विजयी

    भरतपुर महानगरपालिकामा माओवादी कांग्रेसको संयुक्त उम्मेद्वार रेणु दाहालले एमालेसँगको अग्रता छोट्याएकी छन्। १४ नम्बर वडाको मत गणना सकिएसँगै माओवादी केन्द्रकी रेणु दाहालले अग्रता छोट्याएकी हुन्।

  • राजनीतिक नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको छु- प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा लामो समयदेखि विद्यमान नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको बताएका छन्। प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज उनले बिना हिच्किचाहट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै राजीनामाको घोषणा गरे। उनी गत साउन १९ गते नेपाली काँग्रेससँग आलोपालो सत्ताको नेतृत्व सम्हाल्ने समझदारीअनुसार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।