एकीकरण भएको 'राजपा'ले नाम फेर्ने

yamaha
  • Get News Alerts

united
tata

६ मधेसवादी दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ।

निर्वाचन आयोगमा यसअघि नै यो नामको पार्टी दर्ता भइसकेकाले एकीकृत पार्टीलाई नाममा समस्या भएको हो। आयोगमा नेत्र बहादुर लिम्बुको नाममा अर्कै 'राष्ट्रिय जनता पार्टी' दर्ता भएको हो।

एकीकृत पार्टीका नेता मनिष सुमनले निर्वाचन आयोगको अर्कमण्यताका कारण नामको समस्या भएको आरोप लगाए।

'त्यत्रो अर्बौं रूपैयाँ जनताको कर खर्च गरेर निर्वाचन आयोगले एउटा वेबसाइट पनि व्यवस्थापन गर्दैन,' उनले सेतोपाटीसँग भने, 'हामीले आयोगसँग सल्लाह पनि मागेका थियौं।'

उनले एकीकृत दलले इमान्दारीसाथ नाम परिवर्तन गर्ने बताए। अब नाम नै फेर्ने हो त? भन्ने प्रश्नको जवाफमा उनले भने 'हामी इमान्दारीसाथ प्रस्तुत हुन्छौं। नाम परिवर्तन गरेर मिलाउने हो।'

एकीकृत पार्टीले अहिलेसम्म निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन गरेको छैन। 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • माओवादी केन्द्रद्वारा सहमति अनुमोदन्

    माओवादी केन्द्रद्वारा सहमति अनुमोदन्

    केन्द्र)ले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको निर्वाचन भय रहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्नसमेत आग्रह गरेको छ। 

  • प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

    प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

    नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख र उपप्रमुखमा श्रीमान श्रीमतीलाई सिफारिस गरेको छ।  यसैगरी एमाले ले छ वटा गाउँपालिकाको प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ।

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी