निर्वाचनमा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौतीः गृहमन्त्री

चुनाव
  • Get News Alerts

tata

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताएका छन्। 

आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने – “निर्वाचनलाई कसरी भयरहित बनाउने भन्ने विषय साझा जिम्मेवारी हो।”

गृहमन्त्री निधिले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भिक भएर कुनै पनि भ्रममा नपरी काम गर्न निर्देशन दिए। 

एघार जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन्।

यसैबीच पत्रकारसँग कुरा गर्दै गृहमन्त्री निधिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण हुन लागेको बताए। 

उनले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढङ्गले प्रस्तुत हुने जानकारी दिँदै ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गरे। 

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । अधिकांश सहभागीले विप्लव माओवादीको निर्वाचन लक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • समयमै दोस्रो चरणको निर्वाचन हुन्छ: देउवा

    समयमै दोस्रो चरणको निर्वाचन हुन्छ: देउवा

    नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकामा धन्यवाद दिएका छन्।

  • प्रधानमन्त्रीको राजीनामाले दोस्रो चरणको चुनाव अन्योलमा: एमाले

    बुधबार बसेको नेकपा एमाले स्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। बैठकपछि जारी विज्ञप्तिमा उनले लेखेका छन्,' हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ।'

  • आयोगले सरकारलाई भन्यो– स्थानीय तह थपे जेठ ३१ मा चुनाव गाह्रो

    आयोगले सरकारलाई भन्यो– स्थानीय तह थपे जेठ ३१ मा चुनाव गाह्रो

    निर्वाचन आयोगले मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी गराएको छ। बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले सरकारलाई उक्त जानकारी गराएको हो।

  • भरतपुर देवीको अग्रता १९ सयमा झर्‍यो, १४ नम्बर वडामा कांग्रेसको प्यानल विजयी

    भरतपुर महानगरपालिकामा माओवादी कांग्रेसको संयुक्त उम्मेद्वार रेणु दाहालले एमालेसँगको अग्रता छोट्याएकी छन्। १४ नम्बर वडाको मत गणना सकिएसँगै माओवादी केन्द्रकी रेणु दाहालले अग्रता छोट्याएकी हुन्।

  • राजनीतिक नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको छु- प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा लामो समयदेखि विद्यमान नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको बताएका छन्। प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज उनले बिना हिच्किचाहट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै राजीनामाको घोषणा गरे। उनी गत साउन १९ गते नेपाली काँग्रेससँग आलोपालो सत्ताको नेतृत्व सम्हाल्ने समझदारीअनुसार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।