मोर्चासँगको बैठक फेरि सुरू, निर्णायक हुनसक्ने

yamaha
  • Get News Alerts

united
tata

तस्बिरः नारायण महर्जन/सेतोपाटी


सरकार र सत्तारूण दलबीच बालुवाटारमा फेरि वार्ता सुरू भएको छ। मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाउँ दिए पछि सत्तारूण दलसँग फेरि वार्ता थालेका छन्।

सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राप्रपा नेपालका शीर्ष नेताहरू राखेर प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णायक वार्ता थालेका छन्।

बालुवाटारमा जारी छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए। मोर्चा नेताहरुले संविधान संशोधनको आधार पनि सरकारसँग प्रष्टयाउन माग गरेका थिए।

मोर्चासँग बैठक बस्नुअघि सत्तारूढ दलका प्रमुख घटक कांग्रेस, एमाले र राप्रपाका शीर्ष नेता बसेर आफ्नो एजेन्डा तय गरेको थिए।

यसअघि परिमार्जनसहितको संविधान संशोधन गर्न सरकार तयार भए आफूहरू निर्वाचनमा आउन तयार भएको जानकारी राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले गराएका थिए।

सरकारी टोलीसँग बार्ता गरेर फर्किएको मोर्चाले पनि आफ्नो धारणा बनाउन बिजुली बजारमा बैठक गरेको थियो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन्।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • माओवादी केन्द्रद्वारा सहमति अनुमोदन्

    माओवादी केन्द्रद्वारा सहमति अनुमोदन्

    केन्द्र)ले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको निर्वाचन भय रहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्नसमेत आग्रह गरेको छ। 

  • प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

    प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

    नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख र उपप्रमुखमा श्रीमान श्रीमतीलाई सिफारिस गरेको छ।  यसैगरी एमाले ले छ वटा गाउँपालिकाको प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ।

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी