निर्वाचनको काममा कहिँकतै बाधा-अवरोध छैनः आयोग

yamaha
  • Get News Alerts

united
tata

निर्वाचन आयोगले निर्वाचनको काममा कहिँकतै बाधा-अवरोध नभएको जनाएको छ।

निर्वाचन आयुक्त इला शर्माले निर्वाचन आयोगको काममा कहीँकतै बाधा-अवरोध नरहेको जानकारी दिएकी हुन्।

कान्तिपथस्थित आयोगको कार्यालयमा संचारकर्मीमाझ कुरा गर्दै उनले मधेशका जिल्लाहरुमा समेत निर्वाचनको काममा अवरोध गर्ने खालका कुनै पनि गतिविधि नभएको स्पष्ट पारिन्। उनले निर्वाचनमा मधेश केन्द्रित सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गरिन्। मधेश केन्द्रित दलहरुले पनि निर्वाचनलाई सफल बनाउन सहयोग गरिरहेको उनको भनाई थियो ।

निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याउने कामलाई तीव्रता दिएको छ। मतदात परिचय पत्र छपाईको काम पनि केही दिन भित्रै सकिने आयुक्त शर्माले बताइन्। निर्वाचन आयोगले मतपत्र छपाईको कामलाई पुरा गरिसकेको छ।

त्यसैगरी मतदाता परिचय पत्र वितरणको कामलाई भने निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमार्फत् बैशाख २७, २८ र २९ गते गर्ने योजना बनाएको छ। १ करोड ४० लाख ५४ हजार ४ सय ५२ जना मतदाताले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

  • मन्त्रिपरिषद् बैठक सुरु, गृहमन्त्री निधि पनि उपस्थित

    मधेसी मोर्चासँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक एक घन्टा ढिला गरी सुरु भएको हो। 

  • मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    राप्रपा मोरङद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको छ, सो समझदारी इमान्दारीपूर्वक कार्यान्वयन भए मुलुकमा देखिएको लामो समयसम्मको गतिरोध अन्त्य हुनेछ।’

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी