चितवनमा निर्वाचनको तयारी तीव्र

चुनाव
  • Get News Alerts

tata

स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुर महानगरपालिकालाई समेत हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको र अन्य छ वटा निकायको निर्वाचनका लागि अधिकृतको समेत टुङ्गो लगाएको छ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निष्पक्ष रुपमा निर्वाचन गर्न सबै क्षेत्रको सहयोगको आवश्यक रहने बताए। उनले आचारसंहिताको पूर्णपालनका साथै निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सहयोगका लागि आग्रह गरे। 

सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले वैशाख १२ गतेसम्म सबै स्थानमा निर्वाचन अधिकृतको कार्यालय खुलेर काम अघि बढाइने बताए। जिल्लामा तीन लाख १३ हजार दुई मतदाताले मतदान गर्न पाउने भएका छन् । अन्य स्थानमा समेत मतदाता नामावली रहेकाको नामावाली काटिएपछि अन्तिम नामावली आएको हो ।
जिल्लाको भरतपुर महानगरपालिकाको २९ वडामा ६५ स्थानमा १७९ वटा मतदान केन्द्र रहने छ । भरतपुर महानगरपालिकामा एक लाख ५० हजार दुई सय ७४ जना मतदाता छन् ।

यहाँको सातवटै महानगरपालिका नगरपालिका र गाउँपालिकाबाट सात प्रमुख एवम् अध्यक्षसहित पाँच सय चारजना निर्वाचित र २० जना मनोनित हुने भएका छन् । रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार