वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरेरमात्रै स्थानीय तहको निर्वाचन- बास्तोला

चुनाव
  • Get News Alerts

tata

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरेरमात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्। 

सो पार्टीको ताम्सालिङ् ब्यूरोले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन, उपलब्धिको रक्षा, विकास निर्माण, भ्रष्टाचार रोक्न जुनसुकै नाम दिए पनि यो निर्वाचनले पुरानो प्रतिक्रियावादी सत्ताको सुद्धिढीकरण मात्रै हुने भएकाले आफूहरुले विरोध गरेको बताए।

माओवादी युद्धले उठाएका सवालको पक्षमा नेपाल कम्युनिष्ट पार्टीमात्र लागेको भन्दै उनले राजनीतिक समस्या समाधान तर्फ लाग्नुपर्ने विचार व्यक्त गरे। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार