बालुवाटार बैठक सकियो, बैठक सकारात्मक, फेरि पाँच बजे बस्ने

yamaha
  • Get News Alerts

united
tata

मधेश केन्द्रित दलहरु निर्वाचन सहभागी हुन सकारात्मक देखिएका छन ।

मधेश केन्द्रित दल आवद्ध नवगठित राष्ट्रिय जनता पार्टी तथा संघीय गठबन्धनका नेताहरुले आफूहरुको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका हुन्।

 सत्तारुढ काँग्रेस/माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने र मधेश केन्द्रित दलहरु निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको थियो ।

आफूहरुको माग सम्बोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी नहुने कुनै नआउने नवगठित राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले मधेशका जनतालाई अनुभूति हुनेगरी संविधान संशोधन भने हुनैपर्ने अडान दोहोर्‍याए।

मधेश केन्द्रित दलहरु निर्वाचनमा जाने संकेत देखिएपछि प्रधानमन्त्री दाहालले त्यससम्बन्धि समान धारणा बनाउन दिउँसो दिन बजे सत्तारुढ प्रमुख तीन दलको बैठक बोलाएका छन्।  सत्तारुढ दलहरुसँग समान धारणा बनाएर प्रधानमन्त्री दाहालले आजै अपरान्ह पाँच बजे बैठक बसी मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउने योजना बनाएका छन्।

यसैबीच बैठकमा सहभागी उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले आजको बैठक अहिलेसम्मकै सबैभन्दा सकारात्मक भएको प्रतिक्रिया दिए।

‘आजको बैठकबाट हामी एकदमै आशावादी भएका छौ, वैठक सकारात्मक छ,’ निधिले भने।

संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचनमा जाने सरकारले गरेको प्रस्तावमा मधेश केन्द्रित दलहरु सकारात्मक देखिएको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए। उनले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले आजै ठोस निर्णय लिने दावी समेत गरे।

बैठकमा दुबै पक्षले एक आपसमा भएका मिस अण्डरस्टाण्डलाई पहिचान गरेर सहमति गर्ने संशोधन प्रस्ताव अगाडि बढाउने र निर्वाचन पनि दुई चरणमा गर्ने विषयमा गम्भीर छलफल भएको थियो।

 प्रमुख पाँच दलको बुधबार बसेको बैठकले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिम समयसम्म पहल गर्न सुझाव दिएको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नवगठित राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरु, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेताहरु अशोक राईसहितका नेताहरु सहभागी भएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सत्तासीन दल र मधेसवादी दलका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षमान पुन , मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठीलगायत सहभागी थिए।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

  • मन्त्रिपरिषद् बैठक सुरु, गृहमन्त्री निधि पनि उपस्थित

    मधेसी मोर्चासँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक एक घन्टा ढिला गरी सुरु भएको हो। 

  • मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    राप्रपा मोरङद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको छ, सो समझदारी इमान्दारीपूर्वक कार्यान्वयन भए मुलुकमा देखिएको लामो समयसम्मको गतिरोध अन्त्य हुनेछ।’

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी