चुनावमा भाग लिन पाउने अवसरलाई कुनै पनि दलले गुमाउन हुन्नः थापा

yamaha
  • Get News Alerts

united
निर्वाचन आयोगको निर्णयले पार्टी आश्चर्यमा
tata

उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेशवादी दल निर्वाचनमा आउने सुनिश्चित भए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताएका छन्।

राप्रपाले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले सरकार सबैको सहमती र सहभागितामा निर्वाचन गर्ने पक्षमा रहेकाले अन्तिम समयसम्म पनि मधेशवादी दलहरुलाई निर्वाचनको लागि पर्खिने बताए। ‘नयाँ संविधान जारी भएपछि पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनको ऐतिहासिक महत्व रहेकोले पनि सबै निर्वाचनमा सहभागि हुने वातावरण सरकारले निर्माण गर्छ,’ उनले भने ।

थापाले २० वर्षपछि हुन लागेको ऐतिहासिक निर्वाचनको अवसरलाई कुनै पनि दलले गुमाउन नहुने भन्दै मधेशवादी दललाई निर्वाचन बहिष्कारको निर्णय सच्याउन आग्रह गरे। सरकारले मधेशवादी दलकै सहमतिमा उनीहरुका माग पुरा गराउन दोस्रो संशोधनको प्रस्ताव दर्ता गरिएको भन्दै भाषागत त्रुटि भए प्रक्रियाकै क्रममा सच्चाउन सकिने बताए ।

चुनावी प्रचारप्रसार अभियानलाई देशव्यापी रुपमा सञ्चालन गर्दै आएको राप्रपाले एक साताभित्रै चुनावी घोषणा पत्र समेत सार्वजनिक गर्ने बताए। उनले निर्वाचन आयोगले एकपक्षीय ढंगबाट पार्टीको विधान संशोधन गरेको भन्दै बिना आधार यसलाई स्वीकार गर्न नसकिने दोहोर्‍यो।

पार्टीको विधान परिवर्तन गर्ने अधिकार स्वयम् सोही पार्टीको पनि केन्द्रिय महाधिवेशनलाई मात्र रहेको उल्लेख गर्दै उनले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा लिएर हिँडेको एजेण्डालाई अहिले हटाउनुको कारण प्रष्ट्याउन निर्वाचन आयोगलाई आग्रह गरे। ‘संविधानमा राष्ट्रिय एकता, अखण्डता र सार्वभौमता बाहेक अन्य कुराहरु परिवर्तनशिल छ भनेको हुनाले आफूहरूलाई राजतन्त्र र धर्म निरपेक्षताको पक्षमा  बोल्ने अधिकार दिएको छ,’ संविधानको परिधिभित्र रहँदै प्रजातान्त्रिक ढंगबाट आफ्ना मान्यतालाई स्थापित गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निती रहेको उनले स्पष्ट पारे।

पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचन आयोग विरुद्धको आन्दोलन स्वरुप नै निर्वाचनमा सहभागि हुने स्पष्ट पारे। निर्वाचन आयोगले विभेदपूर्ण निर्णय गर्दा आफ्नो पार्टी आश्चर्यमा परेको उनले बताए। पूर्व अध्यक्ष राणाले चुनाव जित्नको लागि पार्टी कमजोर भएका जिल्लाहरुमा अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्न सकिने भन्दै त्यसको अधिकार सम्बन्धित जिल्लालाई नै दिएको बताए।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • फ्रान्सको राष्ट्रपतीय चुनावमा विश्वब्यापी चासो

    फ्रान्सको राष्ट्रपतीय चुनावमा विश्वब्यापी चासो

    कठोर बामपन्थी उम्मेद्वार मेलानकोन र लि पेन युरोपियन युनियनमा फ्रान्सको स्थानबारे पुनर्विचार गर्ने घोषणा गरेका छन्। त्यसको अर्थ बेलायत जस्तै फ्रान्स पनि युरोपियन युनियनबाट अलग्गिन सक्नेछ। यदि फ्रान्स अलग्गिए युरोपियन युनियन निकै कमजोर हुने र त्यसको भविष्य झनै सङ्कटमा पर्नेछ।

  • उत्तर कोरियामा अमेरिकी नागरिक हिरासतमा

    उत्तर कोरियामा अमेरिकी नागरिक हिरासतमा

    हिरासतमा राखिएका अमेरिकीको नाम किम भएको बताइएको छ। किमलाई किन पक्राउ गरिएको हो भन्ने कारण उत्तर कोरियाले खुलाएको छैन। दक्षिण कोरियाको समाचार संस्था यानहोपले पक्राउ परेका किम चीनको विश्वविद्यालयमा प्राध्यापक रहेको र एक महिनादेखि उत्तर कोरियामा रहेको जनाएको छ।

  • मोर्चा/गठबन्धनद्वारा आन्दोलनका सबै कार्यक्रम स्थगित

    सरकारसँग सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने बारे मोर्चा र गठबन्धनको बैठक तीनकुनेस्थित संघीय समाजवादी फोरमको मुख्यालयमा आइतबार बसेको थियो। बैठकले सरकारले आइतबार गरेका संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेे निर्णय सकारात्मक भएको भन्दै आन्दोलन तत्काल स्थगित गर्ने निर्णय गरेको हो।

  • सरकार र मधेसी मोर्चाको सहमतिले कार्यकर्ता हर्षित,चुनावको माहोल बन्यो

    सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलनका कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन्। लामो समयदेखि आ–आफ्नै अडानमा रहेका दुवै पक्षले ऐतिहासिक सहमति गरेको भन्दै मधेसी नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन्। 

  • “मौन प्रदर्शन”का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु

    राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा तीन हप्ता देखि भइरहेको प्रदर्शनका क्रममा अहिले सम्म २० जनाको मृत्यु भएको छ। राजधानीदेखि पूर्वतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास प्रहार गरेको थियो। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी