निर्वाचन आयोगद्वारा नयाँ मतदाता नामावली सार्वजनिक, हेर्नुहोस तपाईंको नाम छ कि छैन!

yamaha
  • Get News Alerts

united
स्थानीय तह निर्वाचन, २०७४ (२०७३ साल फाल्गुण ९ सम्म १८ वर्ष पूरा भएका) को अन्तिम मतदाता नामावली
tata

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन? त्यो खुल्दुली लागेको भए यहाँ हामी त्यसको समाधान गर्दैछौ।

कसरी हेर्ने त ?

१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

२. त्यसपछि आफू बस्ने गाउँ पालिका वा नगरपालिका र महानगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवरण छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षरबाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

 निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। 'हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,' आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, 'मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।' परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित 'क्युआर कोड' अंकित हुनेछ।

यो कोड विशेष प्रकारको उपकरणले मात्र पढ्न सक्छ।

आफ्नो विवरण यहाबाट हेर्नुहोस : 


 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

  • मन्त्रिपरिषद् बैठक सुरु, गृहमन्त्री निधि पनि उपस्थित

    मधेसी मोर्चासँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक एक घन्टा ढिला गरी सुरु भएको हो। 

  • मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    राप्रपा मोरङद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको छ, सो समझदारी इमान्दारीपूर्वक कार्यान्वयन भए मुलुकमा देखिएको लामो समयसम्मको गतिरोध अन्त्य हुनेछ।’

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी