राष्ट्रपतिले भनिन्– म भारत जाँदा विदा दिनु पर्दैन

yamaha
  • Get News Alerts

united
tata

राष्ट्रपति विद्यादेवी भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी छन्। राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी हुन्। ‘बैठकमा राष्ट्रपति भारत जाँदा मैले विदा दिने कुरा सुनिएको छ, सरकारले विदा दिन लागेको हो र? भनी सोधेको थिएँ’, राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले सरकारले के गर्छ आफूलाई जानकारी नभएको तर विदा दिनु पर्दैन भन्नुभयो।’

राष्ट्रपति भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। उनी प्रस्थान गर्ने दिन विदा दिने÷नदिनेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। यद्यपी राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको छ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेन।

त्यसअघि नेपालका राष्ट्राध्यक्ष राजा हुँदा राजाको हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो।

गत वर्ष भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सरकारले एक दिन सार्वजनिक विदा दिएको थियो।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • वरीयतामा निधि थापाभन्दा पछि

    वरीयतामा निधि थापाभन्दा पछि

    उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि दुई हप्तापछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।  अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग वरीयता विवाद भएपछि निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका थिए।

  • मन्त्रिपरिषद् बैठक सुरु, गृहमन्त्री निधि पनि उपस्थित

    मधेसी मोर्चासँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक एक घन्टा ढिला गरी सुरु भएको हो। 

  • मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा: थापा

    राप्रपा मोरङद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको छ, सो समझदारी इमान्दारीपूर्वक कार्यान्वयन भए मुलुकमा देखिएको लामो समयसम्मको गतिरोध अन्त्य हुनेछ।’

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी