अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन्। हालै भारतका पाँच राज्यमा भएको विधानसभाको चुनावमा मोदीले जितेपछि उनलाई बधाई दिन ट्रम्पले फोन गरेका हुन्।
मोदीको भारतीय जनता पार्टी भाजपाले पाँचमध्ये चार राज्यमा आफ्नो सरकार बनाउन सफल भएको हो। उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भाजपा र पन्जाबमा कंग्रेसले जित हासिल गरेको हो।
मोदी र ट्रम्पको हालसम्म भेटघाट नभएपनि ट्रम्पले आफ्नो चुनावी प्रचारको बेला भारत र मोदीको तारिफ गरेका थिए।
ट्रम्प राष्ट्रपति भइकन योभन्दा अघि पनि उनले मोदीलाई फोन गरेर दक्षिण र मध्य एसियाको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।