कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दुराष्ट्र बनाउनेबारे जनमत संग्रहबाट टुंगो लगाउन माग गरेका छन्। आइतबारदेखि सुरू भएको काग्रेस केन्द्रीय समितिको बैठकमा खड्काले यस्तो प्रस्ताव राखेका हुन्।
संविधानसभाबाट संविधान जारी भइसके पछि पनि मुलुकमा स्थायित्व र शान्ति प्राप्त गर्न नसकी अन्यौल र अराजकता कायम रहेकाले देशलाई निकास दिन कांग्रेसले ऐतिहासिक कदम चाल्न ध्यानाकर्षण गराएका छन्।