नेपाल विद्युत् प्राधिकरण पूर्व कर्मचारी समाजको यहाँ सम्पन्न प्रथम साधारणसभाले पूर्व निर्देशक दण्डपाणि बस्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उक्त समितिको उपाध्यक्षमा बैजुनाथ रौनियार, महासचिव नियाज अहमद, सचिव बद्रीकुमार खत्री, कोषाध्यक्ष शङ्करप्रसाद मैनाली तथा सदस्यहरुमा विष्णुबहादुर सिंह, बलराम केसी, दिवाकरभक्त खरेल रहेका छन्।
समितिमा चयन हुन बाँकी सातजना उपाध्यक्ष र चारजना सदस्य केन्द्रीय कार्यसमितिले आफ्ना आजीवन सदस्यमध्येबाट चयन गर्नेछ ।
नेपाल विद्युत् प्राधिकरणबाट हाल छ हजार ७०० जना कर्मचारीले अवकाश प्राप्त गरिसकेका छन् । नेपाल विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाज अवकाश प्राप्त कर्मचारीको साझा संस्थाका रुपमा रहेको छ । रासस