मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो महोत्तरीको भङ्गहा गाउँपालिकाको बोर्ड झिकेर आगो लगाएका छन्।
निर्वाचन अगावै संविधान संशोधन गरे मात्र चुनावमा भाग लिने जनाउँदै मोर्चाले निर्वाचनको विरोधमा भंगहा गाउँपालिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
घटनासम्बन्धी थप विवरण बुझ्नका लागि प्रहरी चौकी सितापुरका टोलीले घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।
यही चैत ३ गते एक समारोहबीच भङ्गहा गाउँपालिकाको बोर्ड झुण्डाएर गाउँपालिका कार्यालयको शुभारम्भ गरिएको थियो। रासस