बिहिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार भोलि बिहान बस्ने भनिएको बैठक विशेष कारणवस चैत १३ गते आइतबारसम्मका लागि सरेको छ।
बैठक आइतबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।