coke Skip Ad >>

निर्वाचन हुन्छ, नभए प्रजातन्त्र खतरामा पर्छः काँग्रेस सभापति देउवा

चुनाव
  • Get News Alerts

tata

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। 

आज भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे। 

चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भने – “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।”

उनले चुनावमा जानुको अब विकल्प छैन, चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए।

हिमाल, पहाड र तराईलाई विभाजन गरी यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले भने – “तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काँग्रेस नेता मधु आचार्य, काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले नेपाली काँग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावमा गए जित हासिल हुने बताए। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • भरतपुरमा एमालेले सुरुदेखि नै मतपरिणाम प्रभावित पार्न खोजेको थियोः माओवादी केन्द्र

    भरतपुरमा एमालेले सुरुदेखि नै मतपरिणाम प्रभावित पार्न खोजेको थियोः माओवादी केन्द्र

    नेकपा माओवादी केन्द्रले भरतपुर महानगरको मतगणना रोकिनुमा एमाले कारण रहेको बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै चितवन माओवादीले एमालेले सुरुदेखि नै मत परिणामलाई प्रभावित पार्न स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनाधिकृत मानिसहरुलाई प्रवेश गराउने लगायतका काम गरेको बताएको छ।

  • भरतपुर १९ मा फेरि मतदान गर्नुपर्ने कांग्रेसको माग

    भरतपुर १९ मा फेरि मतदान गर्नुपर्ने कांग्रेसको माग

    चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै घटना हुनुमा निर्वाचन आयोग कारक रहेको उल्लेख गरेका छन्। ‘निर्वाचन आयोगमा मतगणना प्रक्रियालाई व्यवस्थित गर्न पटक पटक आग्रह गर्दा समेत व्यवस्थित नगरिएको कारण उक्त घटना हुन पुगेको हो’ विज्ञप्तिमा भनिएको छ।

  • प्रकाश दाहालले भने, 'सरकारले दिने भनेको पदक लिन्न'

    प्रकाश दाहालले भने, 'सरकारले दिने भनेको पदक लिन्न'

    प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सरकारले दिने भनेको सुप्रवल जनसेवा श्री पदक नलिने घोषणा गरेका छन्। सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई सुप्रवल जनसेवा श्री पदक दिने घोषणा गरेको थियो।

  • उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन्। स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्रकृतिको भएको अनुमान गरिएको छ।

  • महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु – पोखरा प्रमुख जिसी

    महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु – पोखरा प्रमुख जिसी

    पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताएका छन्। दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आज यहाँ आयोजना गरेको समारोहमा पद बहाली गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिसीले १० दिनभित्र सुखी र समृद्धि महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने दृढता व्यक्त गरे।