नेपालीको साझा मानसिकता बनाउन आवश्यक- सञ्चारमन्त्री

  • Get News Alerts

united
tata

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल बनाउने साझा मानसिकताको विकासका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने— “विश्वका अरु मुलुकभन्दा नेपाल पछाडि पर्नुमा नेपालीत्वको मानसिकता कमजोर भई पार्टीगत पक्षधरता हाबी हुनु हो ।”

मन्त्री कार्कीले भने – “गणतन्त्र नेपालमा जनताका अपेक्षा धेरै छन्, तिनलाई पूरा गराउने राज्यको पहल जारी रहनेछ, यसमा पत्रकारिता क्षेत्रको पनि भूमिका उत्तिकै आवश्यक छ, नकारात्मक र राजनीतिक हाबीमा भन्दा सकारात्मक र जनताका हितका समाचार लेखेर राष्ट्र«लाई योगदान हुन सक्छ ।”

पत्रकारको न्यूनतम पारिश्रमिक कानुन बमोजिम उपलब्ध गराउन सञ्चारगृहलाई ध्यानाकर्षण गराएको बताउँदै उनले त्यसो भएमा सरकारले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिने स्पष्ट पारे।

सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारका मुद्दामा आफूहरुले निरन्तर आवाज उठाएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताए। 

शाखाका अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक सचिन रोका, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतले अधिवेशन सफलताको कामना गरे। शाखाको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । रासस 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सर्वदलीय बैठकमा शुक्रबार मधेसी मोर्चासँगको सहमति अनुसार सरकारले संविधान संशोधन परिमार्जनसहित पारित गर्ने, निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने तथा आगामी बजेटको विषयमा छलफल भएको थियो।

  • सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ ।

  • बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र आजको स्थायी कमिटीको वैठकबाट पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह २ बजेबाट सुरु भएको छलफलपछि पार्टीले सो घोषणा पत्र पारित गरेको हो।

  • कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने

    सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने आवाजसहित आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको संयोजनमा राजधानीमा शान्तिपूर्ण बृहत् शैक्षिक पदयात्रा आयोजित भएको छ ।

  • नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवारको टुङ्गो लगाएको छ। केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनौट गरेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी