सत्तारूढ दलसँग एमालेले भन्यो- संशोधन नरोके निर्वाचन प्रभावित हुन्छ

  • Get News Alerts

united
एमालेसहित प्रमुख दल बैठक
tata

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेको सत्तारूढ कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति नराखे निर्वाचन प्रभावित हुनेतर्फ सचेत गराएको हो। यता, सत्तारुढ दलहरुले सीमांकनको विषयलाई थाति राखेर संविधान संशोधन प्रस्ताव पारित गर्ने मधेशी मोर्चालाई बचन दिईरहेका छन्।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको बताए। संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन सम्पन्न गर्ने पार्टीको अडान यथावत रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गरेका थिए।

सरकारले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भए पनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने प्रयास गर्दै आएको छ। बैठकमा प्रधानमन्त्री  दाहालले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने दृढता पनि व्यक्त गरेका थिए। निर्वाचन समयमै हुन्छ भन्दै त्यसमा दायाँबायाँ नहुने अडान आफूले मधेशी मोर्चाका नेताहरुलाई भनेको कुरा पनि प्रधानमन्त्रीले जानकारी गराएको एमाले संसदीय दलका नेता नेम्वाङले बताए।

एमालेले सरकार र सत्तारुढ दलहरु आफैं हार्ने डरले चुनावबाट डराईरहेको आशंका गर्दै आएको छ। प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न अपरान्ह पनि प्रमुख प्रतिपक्ष एमालेसहितको बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालले मधेशी मोर्चाका नेताहरुलाई स्थानीय तहको निर्वाचन लगत्तै आयोग बनाएर सीमांकनसम्बन्धि समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाउँदै आएका छन्। सत्तारुढ दुई ठूला दल कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउने गरी छलफललाई तीव्रता दिँदै आएका छन्।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सर्वदलीय बैठकमा शुक्रबार मधेसी मोर्चासँगको सहमति अनुसार सरकारले संविधान संशोधन परिमार्जनसहित पारित गर्ने, निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने तथा आगामी बजेटको विषयमा छलफल भएको थियो।

  • सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ ।

  • बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र आजको स्थायी कमिटीको वैठकबाट पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह २ बजेबाट सुरु भएको छलफलपछि पार्टीले सो घोषणा पत्र पारित गरेको हो।

  • कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने

    सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने आवाजसहित आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको संयोजनमा राजधानीमा शान्तिपूर्ण बृहत् शैक्षिक पदयात्रा आयोजित भएको छ ।

  • नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवारको टुङ्गो लगाएको छ। केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनौट गरेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी