बरियताको विषयमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिबीच विवाद

  • Get News Alerts

united
कमल थापालाई दोस्रो बरियतामा राखे आफूले काम गर्न नसक्ने निधिको भनाई
tata

मन्त्रिमण्डलमा वरियाताको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच विवाद उत्पन्न भएको छ।

सात महिनाअघि गठन भएको माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको मन्त्रिमण्डलमा दोस्रो वरियतामा रहदै आएका उपप्रधान तथा गृहमन्त्री निधिभन्दा माथि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई राखिएपछि निधि र दाहालबीच विवाद बढेको हो।

उपप्रधानमन्त्री निधिले आइतबार प्रधानमन्त्री दाहाललाई भेटी आफूभन्दा माथिको वरियतामा थापालाई नराख्न र राखेमा यो आफूलाई स्वीकार्य नहुने जानकारी गराएको स्रोतले सेतोपाटीलाई बतायो।

कांग्रेस माओवादीबीच भएको सहमतिका आधारमा गठित सरकारमा सहभागी पहिलो ठूलो दल कांग्रेसको नेताको हैसियतले पनि आफू दोस्रो वरियतामा रहेकोमा अहिले आफ्नो अनुपस्थितिमा थापाको नाम माथि राखिएको भन्दै निधिले तत्काल सच्याउन दाहाललाई आग्रह गरेका थिए।

वर्तमान सरकार गठनको शुरूदेखि नै दोस्रो वरियतामा रहेका निधिले आफू यसअघि दुई पटक कार्यबहाक प्रधानमन्त्रीको रूपमा रहिसकेको र थापा केही दिन अघि मात्रै चौथो दलको नेताका रुपमा सहभागी भएको भन्दै अब आफूभन्दा माथि उनी हुनै नसक्ने दाबी गरेका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले यस विषयमा थापासँग कुराकानी गर्ने जानकारी गराएका थिए।

सामान्य प्रचलनमा पहिले मन्त्री बनेको व्यक्तिको वरियताक्रममा माथि रहने गरे पनि माओवादी कांग्रेस सत्ता समिकरण पश्चात दुई दलबीच भएको सहमतिका आधारमा निधिभन्दा पहिले उपप्रधानमन्त्री बनिसकेका उपप्रधानमन्त्री महरालाई तेस्रो वरियतामा राखिएको थियो।

मन्त्रिपरिषद सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार, यो सामान्य प्रचलनमा भन्दा पनि राजनीतिक सहमतिका आधारमा भएको व्यवस्था हो। यसको समाधान राजनीतिक नेतृत्वबीच नै सहमतिका आधारमा हुनुपर्ने ती अधिकारीले बताए।

यसअघि थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारबीच एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा पनि यस्तै भएको थियो। तर पछि सहमतिका आधारमा गच्छदारलाई थापाभन्दा माथि दोस्रो वरियतामा राखिएको थियो। 

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता हुने पक्कापक्की भएपछि सरकारको स्थिरतामा उब्जेको आशंका मेटाउन दाहालले थापालाई थप दुई मन्त्रालय दिँदै उपप्रधानमन्त्री बनाएका थिए।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक वेभसाइटमा मन्त्रिपरिषदको कार्यविभाजन गर्दा निधिलाई दोस्रो वरियतामा राखिएको थियो। जसमा माओवादीका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई तेस्रो र थापालाई चौथो वरियतामा राखिएको छ।

तर निधि दिल्ली भ्रमणमा रहेका बखत गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकमा थापाको नाम दोस्रो वरियतामा राखिएको थियो। भारत भ्रमणबाट फर्किए लगत्तै शनिबार अपरान्ह यस विषयमा जानकारी पाएका निधिले शनिबार नै यस विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेका थिए।

प्रधानमन्त्री दाहालसँग आफ्नो असहमति जनाए लगत्तै साँझ पार्टी सभापति देउवा निवासमा बसेको पदाधिकारी लगायत केही नेताहरु उपस्थित बैठकमा पनि निधिले उक्त विषयमा आफ्नो गुनासो राख्दै यसलाई नसच्याए आफू काम गर्न नसक्ने जानकारी गराएका थिए।

निधिको कुरा सुनेपछि सभापति देउवाले यस विषयमा प्रधानमन्त्री दाहालसँग सोमबार कुरा गर्ने बताएका थिए भने कांग्रेसका अरु नेताहरुले पनि सरकारमा कांग्रेस नेता निधिभन्दा माथिल्लो वरियतामा राप्रपाका थापालाई राख्ने कुरा स्वीकार्य नहुने धारणा राखेका थिए।

कांग्रेसका केही नेताहरुले थापालाई कांग्रेसका नेता निधिभन्दा माथि राख्ने दाहालको कदम कतै सत्तासमिकरण परिवर्तनको पूर्वाभ्यास त होइन भनि आशंका पनि व्यक्त गरेका थिए। 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सर्वदलीय बैठकमा शुक्रबार मधेसी मोर्चासँगको सहमति अनुसार सरकारले संविधान संशोधन परिमार्जनसहित पारित गर्ने, निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने तथा आगामी बजेटको विषयमा छलफल भएको थियो।

  • सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ ।

  • बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र आजको स्थायी कमिटीको वैठकबाट पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह २ बजेबाट सुरु भएको छलफलपछि पार्टीले सो घोषणा पत्र पारित गरेको हो।

  • कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने

    सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने आवाजसहित आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको संयोजनमा राजधानीमा शान्तिपूर्ण बृहत् शैक्षिक पदयात्रा आयोजित भएको छ ।

  • नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवारको टुङ्गो लगाएको छ। केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनौट गरेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी