अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने

  • Get News Alerts

united
tata

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आज मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • मन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता

    मन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता

    भौतिक पूर्वाधार एवम् यातायात व्यवस्थामन्त्री रमेश लेखक र नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्री लेखकको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, अन्तरदेशीय यातायात सञ्जाल विस्तार र भारतीय सहयोगमा सञ्चालित आयोजनाका बारेमा केन्द्रित रहेर छलफल भएको थियो।

  • नेपाल प्रेस युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित

    आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै नेपाल प्रेस युनियनले पूर्व निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगन गरेको छ। देश नै स्थानीय तहको चुनावमा केन्द्रित हुन लागेका अवस्थामा युनियनमा आबद्ध पत्रकार पनि स्थानीय तहको चुनावमा होमिनुपर्ने अवस्था र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितासमेत लागू भएको सन्दर्भमा युनियनको केन्द्रीय सचिवालय बैठकले तत्कालका लागि बैठक र भेला स्थगन गरेको महासचिव अजयबाबु शिवाकोटीले बताए। 

  • जनकल्याणकारी कार्यक्रम ल्याउन सञ्चारमन्त्री कार्कीको सुझाव

    जनकल्याणकारी कार्यक्रम ल्याउन सञ्चारमन्त्री कार्कीको सुझाव

    सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालय मातहतका निकायलाई जनकल्याणकारी कार्यक्रम ल्याउन निर्देशन दिएका छन्। मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७४/७५ को प्रस्तावित कार्यक्रम तथा बजेट छलफल कार्यक्रममा उनले मातहतका निकायलाई जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउन जोड दिए। 

  • पूर्वकेन्द्रीय सदस्य शाहको हत्याको विरोधमा नेविसङ्घको देशभर प्रदर्शन

    पूर्वकेन्द्रीय सदस्य शाहको हत्याको विरोधमा नेविसङ्घको देशभर प्रदर्शन

    नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको विरुद्धमा आज सङ्घले देशभर विरोध प्रदर्शन गरेको छ। हत्यारालाई कारबाहीको माग गर्दै सङ्घले देशभर प्रदर्शन गरेको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए। काठमाडौँमा पनि हत्याको विरोधमा प्रदर्शन गरिएको छ।

  • उम्मेदवार बन्न र कामको जिम्मेवारी लिनसक्ने गरी मतदाता शिक्षा दिँदैछ आयोग

    उम्मेदवार बन्न र कामको जिम्मेवारी लिनसक्ने गरी मतदाता शिक्षा दिँदैछ आयोग

    निर्वाचन आयोगले यसपटकको मतदाता शिक्षा केवल मतदानका लागि मात्र नभएर उम्मेदवार बन्न र निर्वाचित भएपछि कामको जिम्मेवारी बहन गर्नसक्ने ढङ्गबाट प्रदान गर्ने भएको छ। त्यसका लागि आयोगले निर्वाचनसँग सम्बन्धित कानुन, निर्देशिकासहित ५४ लाख थान हाते पुस्तिका, पम्प्लेट र नमुना मतपत्रको मुद्रण गर्ने तयारी गरेको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी