coke Skip Ad >>

राप्रपाद्वारा हिन्दु राष्ट्र माग गर्दै संविधान संशोधन विधेयक दर्ता

चुनाव
  • Get News Alerts

tata

सत्तारूढ राप्रपाले धर्मनिरपेक्षालाई हटाएर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ। आइतबार संसद सचिवालयमा संशोधन दर्ता गरिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।

दिउँसो ४ बजेर ५१ मिनेटमा दर्ता गराएको प्रस्तावमा नेपालको संविधानको धारा ४ (१) संशोधनः नेपालको संविधानको धारा ४ (१) मा भएको व्यवस्थाको सट्टा देहाय बमोजिम व्यवस्था राख्नेः

‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने वाक्यांश राख्ने।’

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कुश्मा नगर कार्यपालिकाको लागि १६ जनाको उम्मेदवारी दर्ता

    पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकाको आगामी जेठ १८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने तीन जना र महिलाबाट निर्वाचित हुने पाँच जनाको लागि १६ जनाको उम्मेदवारी परेको हो । बुधबार साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • कैलालीमा पुरुषभन्दा महिला मतदाता बढी

    यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या सात हजार ४९९ ले बढी रहेको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लाको कुल मतदाता चार लाख तीन हजार २८० मध्ये पुरुष एक लाख ९७ हजार ८८७ र महिला दुई लाख पाँच हजार ३८६ मतदाता रहेका छन् । यस्तै सात जना तेस्रो लिङ्गी मतदाता छन् ।

  • इलाममा दुई पत्रकार र तीन शिक्षक उम्मेदवार

    आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् । सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

  • काँग्रेसले प्रदेश नं १ र ७ का उम्मेदवार शुक्रबार टुङ्ग्याउने

    काँग्रेसले प्रदेश नं १ र ७ का उम्मेदवार शुक्रबार टुङ्ग्याउने

    नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

  • भरतपुर महानगरमा रेणु दाहालको मतान्तर १४ सयमा झर्‍यो

    भरतपुर महानगरमा रेणु दाहालको मतान्तर १४ सयमा झर्‍यो

    भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर लगातार घटाइरहेकी छन्। १५ नम्बर वडाको मतगणना भैरहँदा दाहालले ज्ञवालीसँगको मत अन्तर १४ सय ४३ मा झारेकी छन्।