कुन जिल्लामा कति दलले पनि निर्वाचनमा भाग लिन पाउने, हेर्नुहोस् (सूचीसहित)

  • Get News Alerts

united
tata

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगमा जिल्ला र केन्द्रमा दर्ता भएको सबै दलले भाग लिन पाउने भएका छन्।

संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता भई पुनः स्थानीय निर्वाचन प्रयोजनको लागि माघ १७ सम्ममा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दल चुनावमा भाग लिन पाउने निर्वाचन आयोगले जनाएको हो ।

विभिन्न जिल्लाबाट आयोगमा ११२ दल दर्ता भएका छन्। यसरी दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिन पाउने भएका छन्।

स्थानीय तहको निर्वाचनका लागि भनेर फागुन १६ गते आयोगले निकालेको सूचनाका आधारमा मधेस केन्द्रित दलबाहेक ८१ दलले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिने इच्छा प्रकट गरेका थिए। मधेस केन्द्रीत दलले जिल्लामा दर्ता गराएको भएकाले आगामी स्थानीय चुनावमा उनीहरूले समेत भाग लिन पाउने आयोगले जनाएको हो ।

आयोगले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनको समानुपातिकमा ल्याएको मतका आधारमा निर्वाचन चिन्हसमेत प्रदान गरिसकेको छ।

हेर्नुहोस् जिल्लागत रुपमा दर्ता भएका राजनीतिक दल र ती दलको चुनाव चिन्ह विस्तृतमा

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • सरकारको अधिकारमा सर्वोच्चको हस्तक्षेप भएको कांग्रेस केन्द्रीय समितिको निर्णय

    सरकारको अधिकारमा सर्वोच्चको हस्तक्षेप भएको कांग्रेस केन्द्रीय समितिको निर्णय

    पार्टीले गरेको निर्णय पत्रको ६ नम्बर बुँदामा संवैधानिक सर्वोच्चता र बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको सिद्धान्त स्विकार गर्दै नेपालको संविधानले कार्यकारिणी अधिकारको स्पष्ट व्याख्या गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदातलले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको उल्लेख छ।

  • आयोगका उपाध्यक्ष डा श्रेष्ठ बैंकक प्रस्थान

    आयोगका उपाध्यक्ष डा श्रेष्ठ बैंकक प्रस्थान

    राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ दिगो विकासका लागि एशिया प्रशान्त मञ्चको संयुक्त राष्ट्रसङ्घ आर्थिक तथा सामाजिक आयोग (युएनस्क्याप) को बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। 

  • लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुपर्नेः एमाले महासचिव

    लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुपर्नेः एमाले महासचिव

    नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘प्रधानमन्त्रीले तयारीबिना चीन भ्रमण गरेकाले’ भ्रमण उपलब्धिविहीन भएको बताएका छन्। बुधबार महोत्तरीमा हुने २ नं प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको भेटघाटका क्रममा उनले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएका सम्झौताको पूर्ण कार्यान्वयन नहुँदा चीन नेपालप्रति सन्तुष्ट नभएको विचार व्यक्त गरे। 

  • राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउँछः पौडेल

    राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउँछः पौडेल

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा देखिएका राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउने बताएका छन्। नेपाल तरुण दलले आज सदरमुकाम दिक्तेलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले स्थानीय निकायको निर्वाचनमार्फत देशमा देखिएका सबै राजनीतिक अस्थिरता समाधान हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे। 

  • काँग्रेसले निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई दिने

    काँग्रेसले निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई दिने

    सत्ता साझेदार नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई नै दिने भएको छ। पार्टी केन्द्रीय कार्य समितिको मंगलबार सम्पन्न बैठकले निर्वाचन क्षेत्रलाई नै स्थानीय तहको निर्वाचनको उम्मेदवारी तय गर्ने जिम्मेवारी दिएको हो।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी