coke Skip Ad >>

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटको टुंगो, बोआओ सम्मेलनमा जाने

चुनाव
  • Get News Alerts

tata

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चैत १३ गते भेटवार्ता हुने भएको छ। बालुवाटर स्रोतका अनुसार बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल चैत १० गते चीन जाने टुंगो भएको हो।

यसअघि उनले चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भए आफू चीन नजाने मनसाय प्रकट गरेका थिए। चिनियाँ पक्षले शनिबार साँझ परराष्ट्र मन्त्रालयलाई मार्च २६ मा बेइजिङमा दाहाल र चिनफिङबीच भेट हुने बताएपछि प्रधानमन्त्री बोआओ जान लागेका हुन्।

प्रधानमन्त्री दाहालले मार्च २५ मा बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् भने अर्को दिन बिहान बेइजिङमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता हुनेछ।

स्रोतका अनुसार हिजोसम्म दाहाल र चिनफिङको भेटवार्ता टुंगो थिएन। दुई नेताबीचको भेटवार्ताको समय तालिका मिलाउन परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले धेरै कोशिश गरेका थिए। नेपाली पक्षले प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउन पनि अनुरोध गरेको थियो। तर चिनियाँ पक्षले समय अभावका कारण भ्रमण राजकीय बनाउन नसकिने बताएपछि प्रधानमन्त्री दाहालको भ्रमण अौपचारिक हुने भएको छ।

परराष्ट्र स्रोतका अनुसार भ्रमणका क्रममा दुई देशबीच हुने सम्झौताका विषयमा भने अझैं टुंगो भइसकेको छैन।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कुश्मा नगर कार्यपालिकाको लागि १६ जनाको उम्मेदवारी दर्ता

    पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकाको आगामी जेठ १८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने तीन जना र महिलाबाट निर्वाचित हुने पाँच जनाको लागि १६ जनाको उम्मेदवारी परेको हो । बुधबार साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • कैलालीमा पुरुषभन्दा महिला मतदाता बढी

    यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या सात हजार ४९९ ले बढी रहेको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लाको कुल मतदाता चार लाख तीन हजार २८० मध्ये पुरुष एक लाख ९७ हजार ८८७ र महिला दुई लाख पाँच हजार ३८६ मतदाता रहेका छन् । यस्तै सात जना तेस्रो लिङ्गी मतदाता छन् ।

  • इलाममा दुई पत्रकार र तीन शिक्षक उम्मेदवार

    आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् । सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

  • काँग्रेसले प्रदेश नं १ र ७ का उम्मेदवार शुक्रबार टुङ्ग्याउने

    काँग्रेसले प्रदेश नं १ र ७ का उम्मेदवार शुक्रबार टुङ्ग्याउने

    नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

  • भरतपुर महानगरमा रेणु दाहालको मतान्तर १४ सयमा झर्‍यो

    भरतपुर महानगरमा रेणु दाहालको मतान्तर १४ सयमा झर्‍यो

    भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर लगातार घटाइरहेकी छन्। १५ नम्बर वडाको मतगणना भैरहँदा दाहालले ज्ञवालीसँगको मत अन्तर १४ सय ४३ मा झारेकी छन्।