सरकारले मुलुकका ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहिबार अधिकृतहरुलाई काजमा गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो।
खटाएका अधिकृत हरूलाई मन्त्रालयले कुनै ढिलो नगरी खटाएको ठाउँमा हाजिर हुन सबैलाई निर्देशनसमेत दिएको छ ।
निर्वाचन आयोगले दिएको समयसीमा भित्रै गाउँपालिकामा प्रमुख पठाएको हो।
सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ।
यसैबीच हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिकाका वडा कार्यालयमा कर्मचारी पठाउन निर्देशन दिइसकेको छ।