सरकारले संविधान संशोधन विधेयकमाथिको छलफल सुरू भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको ९ दलीय गठबन्धनले आजको बैठकमा संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल गर्न समय दिएकाले छलफल सुरू भएको हो।
यसअघि संसदको बैठक सुरु भए लगतै बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संशोधन प्रस्ताव अघि बढाउँदा अवरोध नगर्ने बताएका थिए।
संसदमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे।
लगतै नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाति संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरेका थिए। अहिले विधेयकमाथि छलफल जारी छ। आजको छलफलमा मधेसी मोर्चाका सांसदले पनि संशोधनमा भाग लिएका छन्।