वैशाख ३१ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रमको कार्यतालिका प्रकाशित गरेको छ।
बुधबार बसेको आयोगको बैठकले कार्यतालिका पारित गरेको प्रवक्ता सुर्यप्रसाद शर्माले सेतोपाटीलाई जानकारी दिए।
कार्यतालिकामा उम्मेद्वारी दर्ता, दाबीविरोध, अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान गर्ने र मतदान गर्ने दिन तोकिएको छ।
वैशाख १६ गते सुरु भएको निर्वाचन कार्यक्रम वैशाख ३१ मा भएको मतदानको मतपरिणाम सार्वजनिक गरेपछि सकिने छ। मतपरिणाम कति दिन भित्रमा सार्वजनिक हुने भन्ने आयोगको तालिकामा उल्लेख छैन।
बैठकले नेपाल सरकारलाई निर्वाचनका लागि आवश्यक १९ बुँदे निर्देशन पनि दिएको छ।
यस्तो छ कार्यतालिकाः