मुम्बईको अंधेरी रेलवे स्टेशनमा त्यतिबेला भागाभाग भयो, जब हजारौंको संख्यामा प्लेटफर्ममा रहेका यात्रुहरूले तीब्र गतिमा आफूतर्फ आउँदै गरेको कालो र चिल्लो कार देखे। जुन युवकले प्लेटफर्म भित्र कार चलाइरहेका थिए, ती युवा थिए, भारतको २०१२ युथ–१९ विश्वकप खेलिसकेका २५ वर्षका हरमीत सिंह।
हरेका दिनजस्तै बिहान अंधेरी स्टेशनमा अफिस जानका लागि हजारांैको संख्यामा मानिसहरू रेलको आगमनलाई कुरेर बसेका थिए। तर, रेलको सट्टा प्लेटफर्मभित्रै तीब्र गतिमा कार आएको देखेपछि सबैको मुटुको ठ्याङ्ग्रो फुटेको थियो।
प्रहरीले तत्कालै हरमीतलाई पक्राउ गरेका थिए। हरमीतले राजस्थानबाट आइपिएल पनि खेलिसकेका छन्। उनले मुम्बईबाट पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन्। हाल उनी जम्मु कश्मिरको रणजी टोलीमा समावेश छन्।
उनलाई रेलवेको कानुन अनुसार कार्यवाही हुन सक्ने सम्भावना छ। सोमबारको घटनालगत्तै प्रहरीले मुचुल्का तयार पारेर उनलाई ७ हजार रुपैयाँको धरौटीमा छोडेको थियो। हरमीतले बाटो भडकिएर आफू प्लेटफर्म भित्र प्रवेश गरेको बयान दिएका छन्।