लोकमान विवाद सल्टाउन बालुवाटारमा बसेको वैठक विना निश्कर्ष टुङ्गीयो

  • Get News Alerts

zte

अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको सिफारिस विवादमा परेपछि बालुवाटारमा बसेको चारदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बीना निश्कर्ष टुङ्गीएको छ । कार्कीको नियुक्तिबारे राष्ट्रपतिको निर्णय आउनुअघि दलहरुको तर्फबाट राय राख्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारमा संयन्त्रको बैठक बसेको हो।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका नेताहरु विजय गच्छदार र महन्थ ठाकुर छन्। कांग्रेस नेता कृष्ण सिटौला पनि बैठकमा भाग लिन बालुवाटार पुगेका छन् ।

कार्कीलाई अख्तियार प्रमुख बनाउन चारदलीय संयन्त्रले नै सिफारिस गरेको हो। त्यही आधारमा संवैधानिक परिषद्ले उनको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको छ। तर कार्कीको विरोधमा दबाब बढ्दै गएपछि दलहरु आफ्नो पूर्वधारणाबाट पछि हटेका छन्। एमालेले कार्कीलाई नियुक्त नगर्न राष्ट्रपतिसमक्ष औपचारिक पत्र बुझाइसकेको छ। कांग्रेस सभापति सुशील कोइरालाले पनि व्यापक विरोधका बीच लोकमानलाई नियुक्त गर्न नहुने बताएका छन्। कांग्रेसले कार्कीको नाम फिर्ता लिन राजनीतिक संयन्त्रमा प्रस्ताव समेत राखिसकेको छ।

pasupati
sarbottam

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • राजनीतिक स्थिरताका लागि संविधान संशोधन महत्वपूर्ण एजेण्डा : गृहमन्त्री

    राजनीतिक स्थिरताका लागि संविधान संशोधन महत्वपूर्ण एजेण्डा : गृहमन्त्री

    संविधानलाई सर्वस्वीकार्य बनाउन सीमाङ्कन निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकता प्रावधान, राष्ट्रियसभाको गठन र भाषाबारे संविधानमा संशोधनको आवश्यकता रहेकोले सरकार संविधान संशोधानको गृहकार्यमा लागेको र छिट्टै संशोधन प्रस्ताव दर्ता गराउने उनले जानकारी दिए।

  • कानुन संशोधनमा प्रहरीको गम्भीर आपत्ति

    कानुन संशोधनमा प्रहरीको गम्भीर आपत्ति

    यातना दिन नहुने प्रस्तावित कानुनको व्यवस्थाप्रति समेत नेपाल प्रहरीले असहति जनाएको छ। प्रस्तावित कानुनी व्यवस्था यस्तो छ, ‘प्रचलित कानुन बमोजिम कसुरको अनुसन्धान गर्ने, अभियोजन गर्ने, कानुन कार्यान्वयन गर्ने वा कानुन बमोजिम नियन्त्रण, हिरासत वा थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई शारीरिक वा मानसिक यातना दिन वा दिन लगाउन वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न वा गराउन हुँदैन।’

  • संविधान नमान्नेलाई कारबाही गर्नुपर्छः वामदेव गौतम

    संविधान नमान्नेलाई कारबाही गर्नुपर्छः वामदेव गौतम

    नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताएका छन्। प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्ने बताए।

  • इलाकालाई आधार मानेर स्थानीय निकायको सङ्ख्या निर्धारण हुनुपर्छः प्रकाशमान सिंह

    इलाकालाई आधार मानेर स्थानीय निकायको सङ्ख्या निर्धारण हुनुपर्छः प्रकाशमान सिंह

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रदेशको सिमाङ्कनको विवाद चाँडै अन्त्य गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। स्थानीय निकाय पुनसंरचना आयोगले सिफारिस गरेको ५६५ स्थानीय निकायको सङ्ख्या अव्यावहारिक रहेको भन्दै पूर्व उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका नेता सिंहले हाल देशभर रहेको ९२७ इलाका क्षेत्रलाई आधार मानेर निर्धारण गरिएमा समस्या समाधान हुने तर्क राखे।

  • सहमति र सहकार्यबाट मात्र मुलुकमा शान्तिः मन्त्री खाँण

    सहमति र सहकार्यबाट मात्र मुलुकमा शान्तिः मन्त्री खाँण

    रक्षामन्त्री बालकृष्ण खाँणले नेपाल सानो देश भए पनि विविधतामा एकता भएको बताउँदै नेपालमा दिगो शान्ति सबैको सहमति, सहकार्य र समझदारीबाट मात्र कायम हुने कुरामा जोड दिएका छन्। स्थानीय शान्ति समिति रुपन्देहीले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवस—२०७३ को अवसरमा द्वन्द्वप्रभावित व्यक्ति, परिवारका लागि दशदिने सिलाइकटाई, उत्पादन सीपमूलक तालिम समापन एवम् पूर्व संयोजकको सम्मान कार्यक्रममा बोल्दै मन्त्री खाँणले सो कुरा बताएका हुन्।

riz

लोकप्रिय

सूचनापाटी