महाअभियोग सिफारिस समितिले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा अनुचित कार्यका लागि पत्राचार भएका पत्रहरु मगाएको छ।
समिति अन्तर्गतको उपसमितिको बिहीबार बसेको बैठकले कार्की प्रमुख रहेको बेला अनुचित कार्य के के भए र कसरी भए, ति सबै प्रमाणहरु तीन दिनभित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए।
‘भ्रष्टचारको आरोपमा पठाएका पत्रहरुलाई पठाउन परेन,’ बिडारीले भने, ‘साढे तीन वर्षमा कार्कीले दिएका आदेश र निर्देशनहरु मात्रै पठाउन भनिएको छ।’ उपसमितिले अख्तियारले दिएका आदेश र निर्देशनका पत्रहरु तीन दिनभित्र उपलब्ध गराउन मुख्य सचिव सोमलाल सुवेदीलाई समेत पत्र पठाएको छ।