सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनबिना सरकारले चुनाव गराउन खोजे आफूहरुलाई मान्य नहुने बताएका छन्।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको विरोध मधेसी जनताले गरेको बेलामा चुनाव गराउन खोजे मधेसी जनता निर्वाचनमा सहभागी नहुने जिकिर गरे। उनले भने – “संविधान संशोधनबिना चुनावको कल्पना नगरे पनि हुन्छ ।” रासस