माओवादी केन्द्रले पार्टी समावेशी चरित्रको बनाउने

skoda
  • Get News Alerts

united
tata

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी संगठनलाई समावेशी चरित्रको बनाउने भएको छ।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले पारित गरेको संगठनात्मक र निर्वाचन कार्यविधिमा पार्टीका सबै तहका संगठनलाई समावेशी बनाउने उल्लेख छ।

'वास्तविक जनसंख्याको प्रतिशतभन्दा केही कम हुनेगरी यो आरक्षणको व्यवस्था गरिएको छ,' माओवादी नेता विश्वभक्त दुलाल आहुतिले सेतोपाटीसँग भने, 'खुल्लाबाट समेत यी समुदायको प्रतिनिधित्व होस् र जनसंख्याका आधारमा समानुपातिक संरचना बनुन् भन्ने हाम्रो उद्धेश्य छ।'

उनका अनुसार अब पार्टीका सबै संरचनामा कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने व्यवस्था गरिएको छ। यस्तै १० प्रतिशत सदस्य ३० वर्ष भन्दा कम उमेर समुहबाट निर्वाचित गर्नुपर्ने छ।

सबै संरचनामा दलित जनजाति, मधेसी, मुस्लिम र पछाडि परेको क्षेत्र सबैका लागि आरक्षण प्रतिशत निर्धारण गरिएको उनले बताए।

'यो विषय नेपालको राजनीतिमा संगठनात्मक क्षेत्रमा मौन क्रान्ति हो,' नेता आहुतीको दाबी छ, 'आगामी ५ -१० वर्ष नेपाली राजनीतिको संगठनात्मक विषय अब यही विषयको वरपर घुम्नेछ। सबै पार्टीमा अब नयाँ बहस सुरू हुनेछ, पार्टीभित्र प्रतिनिधित्वको विषयमा जुन जरूरी छ।'

'आउँदो माघ १ बाट वडास्तरीय समितिहरूको गठन-पुनगठन सुरु हुन्छ,' उनले भने, 'त्यसै बेलाबाट यो कार्यविधिको कार्यान्वयन सुरू हुन्छ।'

सशस्त्र युद्धको समयदेखि नै राज्यको चरित्र समावेशी हुनुपर्ने माग अघि सारेको माओवादीले पार्टी संरचना भने अहिलेसम्म समावेशी बनाएको थिएन।

'लामो समयदेखि पार्टी संरचना पनि समावेशी हुनुपर्छ भन्ने बहस थियो,' आहुतिले भने, 'यो विषयमा पार्टीभित्र विभिन्न चरणमा छलफल भएको थियो। लामो प्रयत्न र छलफल पछि यो कार्यविधि तयार भएको हो।'

पार्टीलाई समावेशी चरित्रको बनाउने माग धेरै अघिदेखि उठे पनि केही नेताले भने पार्टीको माथिल्लो संरचनालाई समावेशी बनाउँदा पार्टी संगठन फेडरेशनमा परिणत हुने र त्यसले क्रान्ति  गर्न नसक्ने तर्क गरेका थिए ।     

अहिले पार्टीको केन्द्रीय सदस्य लगभग ४००० छन्। नयाँ केन्द्रिय समिति १५१ जनाको बन्ने पनि कार्यविधिमा उल्लेख छ।

 सबै संरचनामा ५५ प्रतिशत खुला प्रतिस्पर्धा, ४० प्रतिशत विशेष व्यवस्थार ५ प्रतिशत मनोनयन गरिने कार्यविधिले तय गरेको छ।     

कार्यदलमा वर्षमान पुनकासाथ जनार्दन शर्मा, पम्फा भुसाल, अग्नी सापकोटा, उर्मिला, हितमान शाक्य, कुलप्रसाद केसी,प्रभू साह, गोपाल किराती लीलामणि पोखरेल र आहुति थिए।

कार्यदलले तयार पारेको कार्यविधि आउने एक वर्षभित्रका सबै तहमा कार्यान्वयन भइसक्ने नेता आहुतिको दाबी छ।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्वीस सहयोगलाई प्राथमिकतामा राख्न नेपालको आग्रह

    स्वीस सहयोगलाई प्राथमिकतामा राख्न नेपालको आग्रह

    परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले स्वीट्जरल्यान्डका विदेशमन्त्री दिदिर बर्कहल्टरबीच आज जेनेभामा भएको भेटवार्तामा आगामी दिनमा नेपालमा पूर्वाधार विकासको क्षेत्रमा स्वीस सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

  • दल दर्तामा एमाले र फोरम सँगसँगै

    सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमालेले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा आज सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। संविधान संशोधन प्रस्तावप्रति फरक मत जाहेर गर्दै आएको एमाले र संविधान संशोधन नभई निर्वाचनलाई मान्दैनौं भन्दै आएको फोरमका नेताको आयोगको दल दर्ता कोठामा भएको जम्काभेटलाई एउटा सुखद् संयोगकै रुपमा लिइएको छ।

  • सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ- प्रधानमन्त्री

    सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ- प्रधानमन्त्री

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताएका छन्। दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा आयोजना गरेको कार्यक्रममा उनले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीका बीचमा संविधानलाई स्वीकार्य बनाउने गृहकार्यमा सरकार जुटेको बताए।  

  • मन्त्रालयहरुद्वारा कानुनविपरित २ खर्ब ७६ करोड माग

    मन्त्रालयहरुद्वारा कानुनविपरित २ खर्ब ७६ करोड माग

    विकास बजेट खर्च गर्न नसक्ने मन्त्रालयले आर्थिक वर्षकै मध्यतिर थप रकम माग गरेका छन्। अर्थ मन्त्रालयका अनुसार २९ वटै मन्त्रालयबाट थप बजेट माग भएर आएको छ। सबैले माग गरेको रकम जोड्दा दुई खर्ब ७६ करोड रुपैयाँ पुग्छ। यसमध्ये केही रकम निकासा भइसकेको अर्थ मन्त्रालय, बजेट महाशाखा प्रमुख मधु मरासिनीले बताए।

  • मन्त्री खड्काद्वारा महत्वकांक्षी योजना सार्वजनिक

    मन्त्री खड्काद्वारा महत्वकांक्षी योजना सार्वजनिक

    मन्त्रालय सम्हालेको एक महिनाभित्रै महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महत्वकांक्षी योजना सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महत्वकाँक्षी योजना सार्वजनिक गरेका हुन्। जसअनुसार महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।  त्यसकालागि मन्त्रालयले सरकारीअस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी