सरकारले ज्ञापन पत्र नलिएको भन्दै मिसन सिन्धुलीगढीले थाल्यो अनसन

  • Get News Alerts

united
tata

आफूहरुले विभिन्न माग राखेर बुझाउन खोजेको ज्ञापनपत्र सरकारले नलिएको भन्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाले अनसन थालेको छ। मापदण्ड बिना नै नागरिकता वितरण गरेको बिरोधमा ध्यानाकर्षण गराउन खोज्दा सरकारले नमानेको भन्दै मोर्चाले काठमाडौंको खुल्ला मञ्चमा रिले अनसन शुरु गरेको हो।

अनसन शुरु गरेको २८ दिन हुँदा पनि सरकारी निकायले कुनै चासो नदेखाएको मोर्चाले जनाएको छ । सरकारले यसअघि वितरण गरेका नागरिकताको जाँचबुझ गर्न स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने मोर्चाको माग छ । गैर नेपालीले विभिन्न प्रलोभन देखाएर लिएको नेपाली नागरिकता बदर गरेर मात्र निर्वाचनमा जानुपर्ने मोर्चाका संयोजक ब्रम्हाण्डको भनाई छ ।

मोर्चाद्धारा जारी विज्ञप्तीमा राष्ट्रियता र मुलुकको आन्तरिक एकता बलियो बनाउन सरकारको ध्यानाकर्षण गराउन खोजिएको उल्लेख गरिएको छ ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • सरकारको अधिकारमा सर्वोच्चको हस्तक्षेप भएको कांग्रेस केन्द्रीय समितिको निर्णय

    सरकारको अधिकारमा सर्वोच्चको हस्तक्षेप भएको कांग्रेस केन्द्रीय समितिको निर्णय

    पार्टीले गरेको निर्णय पत्रको ६ नम्बर बुँदामा संवैधानिक सर्वोच्चता र बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको सिद्धान्त स्विकार गर्दै नेपालको संविधानले कार्यकारिणी अधिकारको स्पष्ट व्याख्या गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदातलले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको उल्लेख छ।

  • आयोगका उपाध्यक्ष डा श्रेष्ठ बैंकक प्रस्थान

    आयोगका उपाध्यक्ष डा श्रेष्ठ बैंकक प्रस्थान

    राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ दिगो विकासका लागि एशिया प्रशान्त मञ्चको संयुक्त राष्ट्रसङ्घ आर्थिक तथा सामाजिक आयोग (युएनस्क्याप) को बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। 

  • लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुपर्नेः एमाले महासचिव

    लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुपर्नेः एमाले महासचिव

    नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘प्रधानमन्त्रीले तयारीबिना चीन भ्रमण गरेकाले’ भ्रमण उपलब्धिविहीन भएको बताएका छन्। बुधबार महोत्तरीमा हुने २ नं प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको भेटघाटका क्रममा उनले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएका सम्झौताको पूर्ण कार्यान्वयन नहुँदा चीन नेपालप्रति सन्तुष्ट नभएको विचार व्यक्त गरे। 

  • राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउँछः पौडेल

    राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउँछः पौडेल

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा देखिएका राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउने बताएका छन्। नेपाल तरुण दलले आज सदरमुकाम दिक्तेलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले स्थानीय निकायको निर्वाचनमार्फत देशमा देखिएका सबै राजनीतिक अस्थिरता समाधान हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे। 

  • काँग्रेसले निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई दिने

    काँग्रेसले निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई दिने

    सत्ता साझेदार नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई नै दिने भएको छ। पार्टी केन्द्रीय कार्य समितिको मंगलबार सम्पन्न बैठकले निर्वाचन क्षेत्रलाई नै स्थानीय तहको निर्वाचनको उम्मेदवारी तय गर्ने जिम्मेवारी दिएको हो।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी