संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव ल्याएको– कमिटी सदस्य पोखरेल

  • Get News Alerts

tata

नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उनले जबरजस्ती ल्याएको संशोधन प्रस्तावलाई संसद्मा सही बाटोबाट छलफल हुन र पारित हुन नदिनेसमेत स्पष्ट पारे।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सत्तारुढ दलले संविधान सर्वस्वीकार्यका नाममा संविधान संशोधनबाट १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने काम गरेको छ भन्दै नेता पोखरेलले संविधान संशोधन प्रस्ताव नेपाल, नेपाली जनता र मधेसी समुदायको समेत हितविरुद्ध रहेकाले यसलाई असफल बनाउनेमा नेकपा एमाले स्पष्ट अडानमा रहेको बताए। 

सत्तारुढ दलले विभिन्न बहानामा विवादका विषय आफैँ सिर्जना गरेर निर्वाचन नगराउने र संविधानसमेत कार्यान्वयन नगर्ने उद्देश्यले सरकार लागेको आरोप लगाउँदै उनले जनताको चाहना विपरीत प्रदेश नं ५ लाई विभाजन गरेर पहाड र तराईलाई अलग गर्ने प्रयास गलत भएको आरोप पनि लगाए। रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • 'नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)का अध्यक्ष मेङ होङवेले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालको प्रहरी सङ्गठनको सुदृढीकरणमा इन्टरपोलले गरेको सहयोगप्रति प्रधानमन्त्रीले होङ्वेलाई धन्यवाद दिए। चीनका उपमन्त्रीसमेत रहेका अध्यक्ष होङवेसँगको भेटमा प्रधानमन्त्रीले भने, “नेपाल र चीन पुराना असल छिमेकी हुन्।

  • महाअभियोग सिफारिस समितिले अख्तियार र मुख्य सचिवलाई पत्र काट्यो

    महाअभियोग सिफारिस समितिले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा अनुचित कार्यका लागि पत्राचार भएका पत्रहरु मगाएको छ। समिति अन्तर्गतको उपसमितिको बिहीबार बसेको बैठकले कार्की प्रमुख रहेको बेला अनुचित कार्य के के भए र कसरी भए, ति सबै प्रमाणहरु तीन दिनभित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए।

  • राष्ट्रवादी शक्तिबीच एकताको खाँचोमा जोड

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले देश र जनताको स्वाधीनताका लागि अहिले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्। पार्टीद्वारा यहाँ आज आयोजित वडास्तरीय अधिवेशन तथा अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रिय विषयमा सबै दलको साझा धारणा हुनुपर्छ, दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए।

  • महाअभियोग सिफारीस समितिले अख्तियार र मुख्य सचिवलाई पत्र काट्यो

    समिति अन्तर्गतको उपसमितिको बिहिबार बसेको बैठकले कार्की प्रमुख रहेको बेला अनुचीत कार्य के के भए र कसरी भए ति सबै प्रमाणहरु तीन दिन भित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको उपसमितका संयोजक रामनारायण बिडारीले बताए ।

  • थ्रेसहोल्ड २ प्रतिशत राख्ने तयारी

    निर्वाचन सम्बन्धी तीन वटा विधेयकहरुलाई राज्य व्यवस्था समितिले अन्तिम टुगोंमा पुर्‍याएको छ । केही विवादीत विषय बाहेक अन्य विषयलाई टुगोंमा पुर्‍याइएको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिका सदस्य एवं एमाले सांसद गंगालाल तुलाधरले सेतोपाटीलाई बताए।

hundai

लोकप्रिय

vianet

सूचनापाटी