नाक र छालाका आधारमा प्रदेश सीमाङ्कन घातकः नेता भण्डारी

  • Get News Alerts

united
tata

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा बुधबार भएको जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने विचार व्यक्त गरे।

सभाका अर्का वक्ता नेकपा एमाले स्थायी समिति सदस्य पुष्पराज कँडेलले नीति, सिद्धान्त र आदर्शलाई दाउमा राखेर नेकपा एमालेले राष्ट्रघाती काम गर्न नसक्ने बताए। संसद्मा जबर्जस्त ढङ्गले टेबुल गरिएको संविधान संशोधन विधेयकलाई विपक्षी दलले कुनै हालतमा पारित हुन नदिने उनले स्पष्ट पारे।

कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् सचेतक गोकुलप्रसाद घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वोमबहादुर खत्री, नेकपा माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य कुमार शाह लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए।

५ नं प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका विरुद्ध सङ्घर्ष गरिरहेको संयुक्त आन्दोलन समितिको तेस्रो चरणको अन्तिम कार्यक्रमका रुपमा जनसभा आयोजना गरिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले जानकारी दिए। रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • प्रधानमन्त्री ल्हासामा, भोलि स्वदेश फर्कंदै

    प्रधानमन्त्री ल्हासामा, भोलि स्वदेश फर्कंदै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित ऐतिहासिक पोताला दरबारको आज अवलोकन गरेका छन्। सिचुवान प्रान्तको राजधानी छन्दुबाट आज बिहानै ल्हासा आउनुभएका उनले तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गरेका प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ।

  • सङ्घीयता अनुकूल नभएपछि शिक्षा नियमावली फिर्ता

    सङ्घीयता अनुकूल नभएपछि शिक्षा नियमावली फिर्ता

    सङ्घीयताको ढाँचाअनुकूल नभएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा मन्त्रालयले पेस गरेको शिक्षा नियमावली–२०७३ को मस्यौदा फिर्ता गरेको छ। छ महिनादेखिको गृहकार्यपछि मन्त्रालयले पेस गरेको सो मस्यौदामा पुनःसंरचना भइसकेको ‘स्थानीय तह’ लाई मान्यता नदिइएकाले फिर्ता भएपछि के गर्ने भन्ने तयारीमा शिक्षा मन्त्रालयको नेतृत्व लागिपरेको छ।

  • केन्द्रमा बढीमा सोह्र मन्त्रालय हुने

    केन्द्रमा बढीमा सोह्र मन्त्रालय हुने

    सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्यौदा प्रतिवेदन तयार पारेको छ। सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को सङ्ख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी गराए। 

  • धनगढीमा ‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण

    धनगढीमा ‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण

    स्थानीय तहमा खटिएका कार्यकारी अधिकृतका लागि ‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण आज यहाँ सुरु भएको छ। राज्य पुनःसंरचनामा भएको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न कार्यकारी अधिकृतको गहन र महत्वपूर्ण जिम्मेवारी रहेकोले उनीहरुका लागि उक्त बिषयमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो।

  • सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा

    सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा

    उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, सक्षम र प्रभावकारी नगरपालिका तथा गाउँपालिका हस्तान्तरण गर्ने तयारी गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएका छन्। 

Hundai

लोकप्रिय

vianet

सूचनापाटी