स्ववियु निर्वाचन हुनुपर्छ – अध्यक्ष महर

  • Get News Alerts

tata

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगत आठ वर्षयता स्ववियु निर्वाचन हुन नसकेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो निर्वाचन जुनसुकै हालतमा हुनुपर्ने बताए।

नैतिकतामा आधारित मानवतावादी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले आर्थिक रुपमा विपन्न विद्यार्थीले पैसाको अभावमा गुणस्तरीय एवम् प्राविधिक शिक्षाको अभाव भोग्न नपर्ने अवस्था सिर्जना गर्नु राज्यको दायित्व भएको बताए। रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • 'नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)का अध्यक्ष मेङ होङवेले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालको प्रहरी सङ्गठनको सुदृढीकरणमा इन्टरपोलले गरेको सहयोगप्रति प्रधानमन्त्रीले होङ्वेलाई धन्यवाद दिए। चीनका उपमन्त्रीसमेत रहेका अध्यक्ष होङवेसँगको भेटमा प्रधानमन्त्रीले भने, “नेपाल र चीन पुराना असल छिमेकी हुन्।

  • महाअभियोग सिफारिस समितिले अख्तियार र मुख्य सचिवलाई पत्र काट्यो

    महाअभियोग सिफारिस समितिले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा अनुचित कार्यका लागि पत्राचार भएका पत्रहरु मगाएको छ। समिति अन्तर्गतको उपसमितिको बिहीबार बसेको बैठकले कार्की प्रमुख रहेको बेला अनुचित कार्य के के भए र कसरी भए, ति सबै प्रमाणहरु तीन दिनभित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए।

  • राष्ट्रवादी शक्तिबीच एकताको खाँचोमा जोड

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले देश र जनताको स्वाधीनताका लागि अहिले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्। पार्टीद्वारा यहाँ आज आयोजित वडास्तरीय अधिवेशन तथा अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रिय विषयमा सबै दलको साझा धारणा हुनुपर्छ, दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए।

  • महाअभियोग सिफारीस समितिले अख्तियार र मुख्य सचिवलाई पत्र काट्यो

    समिति अन्तर्गतको उपसमितिको बिहिबार बसेको बैठकले कार्की प्रमुख रहेको बेला अनुचीत कार्य के के भए र कसरी भए ति सबै प्रमाणहरु तीन दिन भित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको उपसमितका संयोजक रामनारायण बिडारीले बताए ।

  • थ्रेसहोल्ड २ प्रतिशत राख्ने तयारी

    निर्वाचन सम्बन्धी तीन वटा विधेयकहरुलाई राज्य व्यवस्था समितिले अन्तिम टुगोंमा पुर्‍याएको छ । केही विवादीत विषय बाहेक अन्य विषयलाई टुगोंमा पुर्‍याइएको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिका सदस्य एवं एमाले सांसद गंगालाल तुलाधरले सेतोपाटीलाई बताए।

hundai

लोकप्रिय

vianet

सूचनापाटी