बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस्- नेता भट्टराई

skoda
  • Get News Alerts

united
tata

नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन्। 

संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोधसभामा उनले भने– एमाले निर्वाचनका लागि तयार रहेको छ।

भट्टराईले “मिति घोषण गरेर निर्वाचनमा जाऔँ” भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए।

अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उनले मधेसबाट एक सिट नजितनेले मधेसको प्रतिनिधित्व गर्न नसक्ने बताए । रासस

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • नेपाल–भारत सम्बन्धलाई आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्छ – राजदूत राय

    नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई अबका दिनमा सामाजिक, सांस्कृतिक, धार्मिकसँगै आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा राजदूत रायले नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म असन्तुष्ट सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गरे। 

  • नेपालमा लगानी गर्न जापानीलाई मन्त्री जोशीको आग्रह

    जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशीले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका महासचिव निकाइ तोसिहिरोसँग टोकियोमा भेटवार्ता गरेका छन्। उनले त्यहाँका वातावरण राज्यमन्त्री इतो तादाहीसँग पनि द्विपक्षीय छलफल गरेका उद्योग मन्त्रालयले आज जनाएको छ। 

  • राजनीतिक पूर्वाग्रहबाट मुक्त भई चुनाव सम्पन्न गर्न आग्रह

    आयोगले आजै नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घीय नियोग तथा विकास साझेदारसँग गरेको अन्तक्रियामा डा यादवले करिब २० वर्षमा स्थानीय तहको निर्वाचनमा देश अगाडि बढिरहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायबाट पर्याप्त सहयोग र समर्थन गर्न अनुरोध गरे।

  • संविधान जहाँको त्यही रहनु दुःखद्- पूर्व राष्ट्रपति यादव

    संविधान जहाँको त्यही रहनु दुःखद्- पूर्व राष्ट्रपति यादव

    पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट संविधान जारी भएको १८ महिना बितिसक्दा जहाँको त्यही रहनु दुःखद् कुरा भएको बताएका छन्। उनले लोकतन्त्रका प्राण भनेका प्रक्रिया र विधि हुन्, यसलाई कुनै एक दलले मेरो गोरुको बाह्रै टक्का भनी अड्काउने काम गर्नु नहुने विचार राख्दै अब असन्तुष्ट पक्षका माग सम्बोधन गरी निर्वाचनमा जानुको अर्को विकल्प नभएको बताए। 

  • स्थानीय निर्वाचनमा दलीय आधारमा उम्मेदवार नदिने छलफल- उपप्रधानमन्त्री निधि

    स्थानीय निर्वाचनमा दलीय आधारमा उम्मेदवार नदिने छलफल- उपप्रधानमन्त्री निधि

    सत्तारुढ एवम् प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचनमा दलीय आधारमा उम्मेदवार नदिने कि भन्ने विषयमा प्रारम्भिक छलफल सुरु गरेका छन्। स्थानीय तहको निर्वाचन घोषणा हुनु अघिल्लो दिन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारलाई साथ र समर्थन दिँदै आएको मधेसी मोर्चा एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बीचमा सो विषयले प्रवेश पाएको खुलासा भएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी