सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्नु पर्दछः मन्त्री कार्की

  • Get News Alerts

united
tata

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्न नसकेको बताएका छन्।

प्रविधि पत्रकार मञ्चले आज धुलिखेलमा आयोजना गरेको क्षमता अभिविृद्धसम्वन्धी कार्याशालामा उनले सूचना प्रविधि विज्ञान भएकाले त्यसलाई सनसनिपूर्ण समाचारका रुपमाभन्दा पनि ज्ञानवद्र्धक समाचारका रुपमा अभिव्यक्त गर्न पत्रकारलाई आग्रह गरे।

मन्त्री कार्कीले मुलुकको ग्राहस्थ उत्पादन बढाउने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै नेपाल दूरसञ्चार प्राधिकरण पैसा कमाउने काममा मात्रै लागेको गुनासो गरे।

'कृषि, पशुपालनलगायतका क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन,' उनले भने 'देशको विकास र समृद्धिका लागि सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय काम गर्न सक्नुपर्दछ।'

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आन्नदराज खनालले प्रविधिको विषयमा समाचारको खोजी बढेको उल्लेख गर्दै प्राधिकरणले पत्रकारसँगको सहकार्य जारी राख्ने विश्वास व्यक्त गरे।

कार्याशालामा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध २० पत्रकार सहभागी छन् । कार्यशाला दुई दिनसम्म चल्नेछ । रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • संशोधन नभए चुनाव हुन्न

    संशोधन नभए चुनाव हुन्न

    नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने दाबी गरेका छन्। पार्टीले सुरू गरेको हिमाल, पहाड, मधेश, तराई थरुहट राष्ट्रिय एकता अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले चुनाव चाहेको तर सबै क्षेत्रको हक अधिकारको ग्यारेण्टी नहुँदासम्म चुनाव गर्नुको कुनै अर्थ नरहेको दाबी गरे।

  • राष्ट्रपति भण्डारीसँग चिनियाँ रक्षामन्त्रीको भेट

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। सो अवसरमा उनीहरुबीच दुई देशबीचका सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

  • मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन- डा कोइराला

    मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन- डा कोइराला

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन्। गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए। 

  • निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह

    विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नेभन्दा पनि निर्वाचनपछि संविधान संशोधन गर्न सकिने भएकाले उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गरे।

लोकप्रिय

vianet

सूचनापाटी